को हुन् त च्याम्पियन्स लिगका गोल किंग ? यी हुन् प्रतियोगिताको इतिहास मै सबैभन्दा धेरै गोल गर्ने खेलाडी !

च्याम्पियन्स लिग फुटबलको इतिहासमा थुप्रै उत्कृष्ट गोलकर्ता रहेका छन्। युरोपका प्रमुख तथा उत्कृष्ट क्लबहरु बीचको प्रतियोगिताले फुटबलका थुप्रै दिग्गज खेलाडीहरुलाई एकै स्टेजमा प्रस्तुत गर्दै आएको छ।

१९९०, २००० को दशकमा राउल तथा एन्ड्री सिभचेन्को जस्ता स्ट्राइकरले प्रभुत्व जमाएको प्रतियोगितामा पछिल्लो समयमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले गोल गर्ने कलालाई पूरै नयाँ स्तरमा पुर्याएका छन्।

को हुन् त च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी ?

तल टेबलमा तपाईं देख्न सक्नुहुनेछ कि पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डो यस प्रतियोगिता (युरोपीयन कप सहित) को इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। रोनाल्डोको चिर प्रतिद्वन्द्वी बार्सिलोनाका लियोनल मेस्सी पनि धेरै पछि छैनन्। यी दुई खेलाडी र अन्य खेलाडी बीच ठूलो अन्तर रहेको छ।

च्याम्पियन्स लिग/युरोपियन कप अल-टाइम टप २० गोल स्कोरर:

Pos Player Goals Appearances Goals per game
1 Cristiano Ronaldo 134 175 0.77
2 Lionel Messi 119 148 0.8
3 Robert Lewandowski  73 96 0.76
4 Raul 71 142 0.5
5 Karim Benzema 70 126 0.56
6 Ruud van Nistelrooy 56 73 0.77
7 Thierry Henry 50 112 0.45
8 Alfredo di Stefano 49 58 0.84
=9 Andriy Shevchenko 48 100 0.63
=9 Zlatan Ibrahimovic 48 120 0.4
11 Thomas Muller 47 122 0.39
=12 Eusebio 46 65 0.71
=12 Filippo Inzaghi 46 81 0.57
14 Didier Drogba 44 92 0.48
15 Alessandro Del Piero 42 89 0.47
16 Neymar 41 65 0.63
17 Sergio Aguero  41 76 0.54
=18 Ferenc Puskas 35 41 0.85
=18 Edinson Cavani 35 65 0.54
20 Gerd Muller 34 35 0.95

तेस्रो स्थानमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की रहेका छन् भने चौंथो स्थानमा रियल म्याड्रिड लेजेन्ड राउल रहेका छन्। रियल म्याड्रिड कै करिम बेन्जामाले सूचीको टप ५ पूरा गर्छन्।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७०८:३८

१६ वर्षपछि मेस्सी-रोनाल्डो क्लब बिना च्याम्पियन्स लिग ड्र हुँदै !