कपाल झर्ने समस्या छ ? त्यसोभए आजैबाट खान छाड्नुहोस् यी चीज, अन्यथा तक्लु नै भइएला नि !

बदलिँदो जीवनशैली र खान-पानको कारण कुनै पनि व्यक्तिलाई कपाल झर्ने समस्याले सताउन सक्छ। तर आजभोलिका युवाहरुमा त यो समस्या सामान्य भइसकेको छ। लामो समयदेखि उपचार गराइरहेका मानिसहरुको समस्या पनि समाधान हुँदैन किनकि उनीहरूले औषधी लिन्छन्, तेल र श्याम्पू पनि प्रयोग गर्छन् तर केहि चीज भने भुल्ने गर्छन्। यदि तपाईंलाई कपाल झर्ने सामस्या छ भने सबैभन्दा पहिलो कुरा नै यहि हो कि तपाईंले केहि चीजहरुको त्याग गर्नुपर्छ। आज हामी तपाईंलाई कपाल झर्ने समस्या हुँदा के-कस्ता चीजको सेवन गर्नु हुँदैन भन्ने बारेमा बताउँछौं।

तारेको खाना 

यदि तपाईंलाई तारेको खान मनपर्छ भने आजैबाट खान छाड्नुहोस् अन्यथा तपाईंले सेवन गर्नु भएको औषधिले कुनै पनि असर गर्दैन। तारेको खानाको सेवनले तपाईको स्क्याल्पमा अधिक तेल उत्पादन हुन्छ जसको कारण फोलिकल्सका छिद्रहरू साना हुन थाल्छन्। यस्तो अवस्थामा कपाल झर्ने समस्या झन् बढ्छ।

आइसक्रिम 

गर्मीको समयमा आइसक्रिम खान कसलाई मन पर्दैन र ? त्यसमाथि आजकल बजारमा हरेक प्रकारको आइसक्रिम उपलब्ध छन्। सुगर फ्रि आइसक्रिम खाएर पनि मानिसहरू स्वस्थ रहन्छन्, तर कपाल झर्ने समस्याबाट पीडितहरूका लागि आइसक्रीम छोड्नु बाहेक अरू विकल्प छैन। आइसक्रिमको सेवनले हर्मोनहरू असंतुलित हुन्छन्। आइसक्रिम खानाले इन्सुलिन र एन्ड्रोजनमा पनि प्रभाव पर्छ, जसको कारण कपाल झर्ने समस्या जस्ताको तस्तै नै रहिरहन्छ।

अलकोहल 

जब तपाईं कपाल झर्ने समस्या लिएर डाक्टरको मा जानुहुन्छ डाक्टरको पहिलो प्रश्न हुन्छ तपाईं अलकोहलको सेवन त गर्नुहुन्न ? अलकोहलको सेवनले प्रोटीन संश्लेषणमा नकरात्मक प्रभाव पार्छ, जसले कपाललाई कमजोर बनाउँछ र साथसाथै यसको चमक पनि उडेर जान्छ।

चिनी 

यदि तपाईं अधिक चिनी खपत गर्नुहुन्छ भने आजै सचेत हुन जरूरी छ। इन्सुलिन प्रतिरोध तपाईंको कपाल झर्नेको लागि जिम्मेवार छ। कपाल झर्न रोकिएको छैन भने सबैभन्दा पहिले चिनी खान बन्द गर्नुहोस् किनकि यदि तपाईंले त्यसमा ध्यान दिनुभएन भने जस्तो सुकै औषधिले पनि काम गर्दैन।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१८:१२

आजैबाट छाड्नुहोस् उठ्ने बित्तिकै कफी पिउने बानी, अन्यथा हुनसक्छ यस्ता खतरनाक समस्या !