के तपाई मेरो विवाह गराइदिन सक्नुहुन्छ ? भन्दै सोध्नेलाई सूदको यस्तो जवाफ, धेरैलाई हाँसो लाग्यो !

एजेन्सी – भारतीय अभिनेता सोनू सूद पछिल्लो समय सामाजिक सेवामा धेरै नै सक्रिय छन्। कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनका समयमा धेरैको उद्धार गरेका सूद यति बेला विभिन्न गम्भीर रोग लागेका मानिसहरुको उपचारमा सक्दो सहयोग गरिरहेका छन्। सूदका कारण धेरैले नयाँ जीवन पाएका छन्।

यसरी दिल खोलेर सहयोग गर्ने सूदलाई दिनहुँ सहयोगका याचना सहितका लाखौं म्यासेज र पत्रहरु प्राप्त हुने गरेका छन्। सम्भव भएसम्म सहयोगको याचना गर्ने धेरैलाई सूदको सहयोग रहने गर्छ।

केहि समय अगाडी उनले छोरीको विवाह गर्न नसकेर सहयोगको याचना गर्नेलाई समेत सहयोग गरेको खबर समेत आएको थियो। त्यति मात्र नभई उनले धेरैको घर समेत बनाइदिएका छन्।

यसैबीच सम्भव भएसम्म सबैलाई सहयोग गर्ने सूदसँग एक व्यक्तिले विवाह गर्न मद्दत समेत मागेका छन्। ट्वीटर मार्फत राज श्रीवास्तव नाम गरेका एक युवकले विवाह गर्न सूदसँग मद्दत मागेका हुन्।

“के तपाई मेरो विवाह गराइदिन सक्नुहुन्छ?”,राज श्रीवास्तवले ट्वीटर मार्फत सूदलाई प्रश्न गरेका छन्। विवाह गराइदिन आग्रह गर्ने उनलाई सूदले जे जवाफ फर्काएका छन्, त्यो एकदमै गज्जबको छ।

जवाफ दिँदै सूदले भनेका छन्,”किन नहुनु… विवाहमा मन्त्र पनि मै पढीदिउँला नि !बस केटी खोज्ने कष्ट चाहिँ आफैं गरिदिनु होला”

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१२:२७

दीपिका अगाडी यी नायिकाहरुसँग थियो रणवीरको ‘चक्कर’, सबै हुन् नायिका !