धादिङ: जिउँदै महिलालाई खाल्डोमा पुरेर भागेका बुढाथोकी पक्राउ!

धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा गत फागुन १७ गते  महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ परेका छन् । दाङ घर भएका भीमबहादुर बुढाथोकीलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

खोल्सी जिपजिपेमा फागुन १७ गते घाँस बोकेर घरतिर आउदै गर्दा ४५ वर्षीया सरस्वती कुमाल माटो फाल्दै गरेको  डोजरको बकेटले लागेर खाल्डोमा खसेकी थिइन् । त्यसपछि  चालक बुढाथोकीले कुमालको उद्दार गर्नु साटो उल्टै खाल्डोमा  माटोले पुरिदिएका थिए । गुडिरहेको बसका यात्रुले डोजरले मान्छे पुरेको भनेर हल्ला गरेपछि स्थानियद्वारा उनको उद्दार गरिएको थियो, तर उद्धारकै क्रममा कुमालको मृत्यु भएको थियो। यस घटनापछि स्थानीयवासीले प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको डोजरमा ढुंगामु-ढा र आ-गजनी गरेका थिए ।

त्यसपछि त्यहाबाट फरार भएका डोजर चालक बुढाथोकीलाई  करिब ३ हप्तापछि भारतको हरिद्वारबाट पक्राउ गरीएको हो ।

साथै उनीसंग लाइसेन्स पनि नभएको खुलेको छ । लाइसेन्स नभएको  व्यक्तिले चलाएको डोजरबाट कुमालको मृत्यु भएको कारण उनलाई कर्तव्य ज्यानमै मुद्दा चल्न सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१४:५२

बढ्यो हवाई भाडा ! कहाँ-कति ?