काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सक्दो छिटो केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनुपर्ने बताएका छन्।
शनिबार एक ट्वीट गर्दै भट्टराईले कोसँग सत्ता साझेदारी गर्ने भन्दा पनि ओलीलाई कसरी छिटो बिदा गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताएका हुन्। हालको अवस्थामा कोसँग सत्तासमिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने विषय प्राथमिकतामा हुन नहुने उनको भनाई छ।
“अहिलेको यक्षप्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हुँदै हाेइन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो।”,बाबुरामले ट्वीट गर्दै भनेका छन्।
त्यस्तै भट्टराईले कुनै गल्ती नगरी अगाडि आएको बाघलाई पहिला पछार्नुपर्ने पनि बताएका छन्। भट्टराईले लेखेका छन्,”अगाडि आएको बाघलाई पहिले लघारौं;पछाडिका स्यालहरूसँग लड्दै गरौंला! कुनै गल्ती नगरौं!”
यस्तो छ भट्टराईको ट्वीट –
अहिलेको यक्षप्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हुँदै हाेइन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो! अगाडि आएको बाघलाई पहिले लघारौं;पछाडिका स्यालहरूसँग लड्दै गरौंला! कुनै गल्ती नगरौं।
ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन;अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो!अगाडि आएको बाघलाई पहिले लघारौ;पछाडिका स्यालहरूसंग लड्दै गरौंला!कुनै गल्ती नगरौं!
— Baburam Bhattarai (@brb1954) March 20, 2021

