काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दानवको रुपमा चित्रित गर्न खोजिएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको एमाले संसदीय दलको बैठकमा बोल्नेक्रममा ओलीले आफूलाई दानवको रुपमा चित्रित गर्न खोजिएको बताएका हुन्।
पार्टीकै नेताहरु नै आफू विरुद्ध लागेको र आफूलाई नराम्रो देखाउने प्रयास गरिएको ओलीले बताए। माधव नेपालले आफूलाई दानवको रुपमा चित्रित गर्न खोजेको ओलीको भनाई छ। ओलीले भने,” मलाई नराम्रो देखाउना मात्र प्रयास भयो। माधवजीले मलाई दानवको रुपमा चित्रित गर्न मात्र चाहेको देखिन्छ”
बैठकमा वामदेव गौतम पनि सहभागी
बालुवाटारमा शुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । यस अगाडी ओली वा नेपाल- खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित नभएका गौतम शनिबार भने ओली पक्षको बैठकमा सहभागी भएका हुन्।
शुक्रबार मात्रै गौतमले आफू एमाले संसदीय दलको बैठकमा सहभागी हुने बताएका थिए। ओली विरुद्ध पार्टीमै रहेर लड्नुपर्ने उनको भनाई थियो। आजको बैठकमा विधान संशोधन समितिले प्रस्ताव गरेको संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुने बताइएको छ।

