काठमाडौँ – नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले देशमा लोडसेडिङ शुरु हुन लागेको र जेनेरेटर माफियाहरु सलबलाउन थालेको भन्दै आक्रोश पोखेका छन्। लामाले शनिबार फेसबुकमा एक स्ट्याटस लेख्दै देशमा लोडसेडिङ हुन थालिसकेको र त्यसो क्रम बढ्दो क्रममा देखिएको बताएका हुन्।
नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङका पालामा सुक्खा याममा पनि लोडसेडिङ नभएको उल्लेख गर्दै लामाले प्रकृति र भाग्यले मात्र कुलमानलाई साथ दिएको हो त ? भनेर प्रश्न समेत गरेका छन्।
जेनेरेटर माफियाहरू सल्बलाएर जनतालाइ पुरानै ठाउँमा पुर्याउँदैनन् भन्न नसकिने उनको भनाई छ। त्यस्तो अवस्थामा पुग्न धेरै समय नलाग्ने पनि लामा बताउँछन्।
लामाले फेसबुकमा यसो लेखेका छन् –
फेरि लोडसेडिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधि बढाउँदै जाँदै छ ! कारण देखाउँदा सुक्खा याम भएकाले पानीको सतह घटेर भन्ने गछ्रन्, विद्युत् प्राधिकरणको हाकिम साबले !!!
के कुलमान घिसिङको पालामा चाहिँ सुक्खा याम लागेन, अनि पानी टनाटन हुन्थ्यो हो? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई???
केही समयपछि फेरि इन्भर्टर अनि जेनेरेटर माफियाहरू सल्बलाएर आउँदैनन् अनि जनतालाइ पुरानै ठाउँमा पुर्याउँदैनन् भन्न सकिन्न !!! यही चालाले पुर्याउन समय लाग्दैन।
जनता भनेको के हो बुझ्नै गाह्रो भयसक्यो। कारण जे पनि चुप लागेर सहने !!!
हुन त के नै गर्न या बोल्न सकिन्छ, जुन देशमा शीर्ष नेताहरूलाई झगडा गर्नमा नै फुर्सद छैन !! झैझगडा गर्न रोकेर देश विकासका काम कुरा पो गर्ने कि??
जय चन्द्र सूर्य !!!

