मार्शल आर्टमा माहिर छन् यी बलिउड स्टार्स, पाइसके ब्लाक बेल्ट

एजेन्सी : बलिउडका अधिकांस हस्तीहरु बहुमुखी प्रतिभाका धनी छन्। उनीहरुसँग अभिनय कलासँगै अरु थुप्रै प्रतिभा पनि छन्। उनीहरुमा गायनमा, पाककलामा र उत्कृष्ट ड्रेसिङ सेन्समा पोख्त हुनुको साथै मार्शल आर्टमा पनि माहिर छन्। आज हामी केही बलिउड अभिनेता र अभिनेत्रीको बारेमा बताउनेछौँ, जसले मार्शल आर्टमा महारत हासिल गरेका छन्। सबैले स्पेशल तेक्वान्दोको तालिम लिएका छन्।

अक्षय कुमार

मार्शल आर्टको कुरा गर्दा अभिनेता अक्षय कुमारको नाम नलिने त्यो त असम्भवप्राय नै हुन्छ। अक्षय पर्दामा खासै एक्सन गर्दैनन् तर रियल लाइफमा उनी राम्रो एक्सन प्रस्तुत गर्छन्।

अक्षयले मार्शल आर्टमा ब्ल्याक बेल्ट प्राप्त गरेका छन्। उनी बैङ्ककमा मय थाई मार्शल आर्टको फर्म सिक्नको लागि पनि गएका थिए।

माधुरी दीक्षित

मार्शलको आर्टमा माहिर कलाकारहरुका सूचीमा माधुरी दीक्षितलाई देखेर तपाई छक्क पर्नुभयो होला शायद, तर यो बिल्कुल सत्य हो।

धक-धक गर्ल माधुरी दीक्षित तेक्वान्दोमा पनि निपुण छिन्। सञ्चारमाध्यमहरुका खबर अनुसार उनले अमेरिकामा तेक्वान्दोको तालिम लिएकी थिईन्।

अजय देवगन

पर्दामा दमदार एक्सन देखाउने अभिनेता अजय देवगन वास्तविक जीवनमा पनि मानिसलाई धूलो चटाउन सक्छन्। सन् २०१४ मा अजय देवगनले तेक्वान्दोको ट्रेनिङ लिएका थिए।

उनलाई ड्यान ब्लाक बेल्टबाट सम्मानित गरिएको थियो। अजयलाई मार्शल आर्ट्सको लागि भारतीय सिनेमामा योगदान दिएकोमा ब्लाक बेल्टबाट सम्मानित गरिएको हो।

कङ्गना राणावत

बलिउड अभिनेत्री कङ्गना राणावत एक निडर स्पष्टवक्ताको रुपमा परिचित छिन।कङ्गनाको अरु कसैको मन राख्नका लागि चिल्लो कुरा गर्ने बानी छैन,त्यहीँभएर कतिपयले उनलाई रुचाउँदैनन् ।

शायद तपाईलाई यो कुरा थाहा थिएन होला कि कङ्गना मार्शल आर्टमा निपुण छिन। उनले फिल्म ‘कृष ३’ को शूटिङको समयमा तेक्वान्दोको तालिम लिएकी थिईन्।  कङ्गनाको आउँदो फिल्म ‘धाकड’ मा एक्सन सिन भरपूर हुनेछन्।

ईशा कोपिकर

अभिनेत्री ईशा कोपिकरको फिल्मी करियर अत्यन्तै छोटो रह्यो, तर उनीमा धेरै प्रतिभा देख्न सकिन्छ। इशाले पनि तेक्वान्दोमा ब्ल्याक बेल्ट पाएकी छिन्। उनी आफ्नी छोरीलाई पनि मार्शल आर्टको तालिम दिन्छिन्।

प्रकाशित : शनिबार, चैत ०७, २०७७१९:१५

जोन अब्राहमले दिए सलमान खानलाई खुल्ला चुनौती