निफ्राले नेप्सेलाई दियो यस्तो स्पष्टिकरण, हाेल्ड गर्नेहरु मालामाल?

काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषयमा गत चैत्र ५ गते नेपाल इन्फ्रास्ट्रकर बैंक (निफ्रा) संग स्पष्टिकरण मागेको थियो । नेप्सेले निफ्रालाई ३० मिलियन डलरको बण्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेन्ज सुचिकृत हुने  भनि आएको  समाचारबारे  सत्य तथ्य के हो भनि  ३ दिन भित्र यसको जवाफ दिन भन्दै पत्राचार गरेको थियो।

जसको जवाफ निफ्राले आज अर्थात् आइतबार दिदै ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय सत्य रहेको र ३० मिलियन डलरको बण्ड जारी गर्ने बिषय बैंकको रणनीति भित्रकै एक भाग रहेकाे बताएको छ। साथै बैंकले यस बिषयमा सम्बन्धित निकायबाट सहमति तथा स्वीकृति लिइसकेको बताएको छ ।

साथै, लगानीकर्तालाई  बैंकले चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीको प्रक्षेपण रहेको बताएको छ ।

सुनचाँदी:

काठमाडौँ – हप्ताको पहिलो दिन नै आज सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको हो।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ८७ हजार २ सय र तेजाबी सुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा रु ५ ले बढेसँगै चाँदीको मूल्य नेपाली बजारमा १२ सय ८० कायम भएको छ।

प्रकाशित : आइतबार, चैत ०८, २०७७१३:०७

सरकारको समेत स्वामित्व रहेको कम्पनिले जारी गर्दै आइपिओ !