“मेस्सीले जे मन छ त्यहि गर्छन्, क्लबमा बस्न उनलाई कसैले मनाउन सक्दैन”

रिस्टो स्टोइकोभका अनुसार बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोआन लापोर्टाले क्लबका अ अकप्तान लियोनल मेस्सीलाई क्लबमा रहन कुनै पनि हालतमा मनाउन नसक्ने तर स्वयम् मेस्सीमा यो कुरा भर पर्ने बताएका छन्।

क्लबसँग मेस्सीको सम्झौता जारीको सिजनमा अन्त्य हुँदैछ। गत सिजनको अन्त्यमा तत्कालिन अध्यक्ष बर्तमेउसँगको सम्बन्धको कारण मेस्सीले बार्सिलोना छाड्ने प्रायस गरेका थिए। तर नयाँ अध्यक्षका साथ पनि उनी बार्सिलोना मै रहने पक्का भने छैन।

क्लबमा मेस्सीको भविष्यको बारेमा बोल्दै रिस्टो स्टोइकोभ भने, “यदि मेस्सी आफूले के गर्ने भनेर स्पष्ट छन् भने कसैले पनि उनलाई मनाउन सक्ने छैन।” बार्सिलोना लेजेन्डले गोलसँग कुरा गर्दै भने,”म सधैं मेस्सीको निर्णयलाई समर्थन गर्नेछु र लापोर्टाले पनि त्यहि गरेका छन्।”

उनले थपे,”यो सत्य हो कि लापर्टाको समय बार्सामा उज्जवल थियो। उनले ठूला निर्णयहरू गरेका थिए, जस्तै [पेप] ग्वार्डीओला माथि विश्वास गर्नु। तर आजको समयमा रोनाल्डिन्हो, डेको, जाभी, इनिएस्टा जस्ता खेलाडी बार्सिलोनामा छैनन्। तर अहिलेको टिममा धेरै खेलाडी भविष्यका लागि छन्, जसले आज वा भोलिबाट नै आफ्नो बेस्ट दिन सक्दैनन्। र मेस्सीले त्यसमा विश्वास गर्नुपर्छ र लापोर्टाले मेस्सीलाई यसबारे मनाउनै पर्छ।”

प्रकाशित : आइतबार, चैत ०८, २०७७१७:२४

हिराको भाउमा किनेको रोनाल्डोलाई कौडीको भाउमा बेच्न तयार युभेन्टस, मूल्य सुनेर तपाईं पनि दङ्ग पर्न सक्नुहुन्छ !