लगातार दोस्रो पटक रोनाल्डो सरी-ए का बेस्ट प्लेयर घोषित !

युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो पटक सरी-ए का बेस्ट प्लेयर घोषित भएका छन्। २०२० मा कोरोना महामारीको कारण रद्द भएको अवार्ड २०१९ मा पनि रोनाल्डोले नै जितेका थिए।

गत सिजन युभेले कीर्तिमानी लगातार ९ पटक सरी-ए को उपाधि जित्दा रोनाल्डोले ३३ खेलमा ३१ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। “सुरुमा खाली मैदानहरूमा खेल्न गाह्रो थियो, तर हाम्रो लक्ष्य जित्नु थियो, र हामीले त्यो गर्न सफल पनि भयौं,” ३६ वर्षीय पोर्चुगिज सुपरस्टारले भने, “म खुसी र भाग्यमानी छु। लगन, आत्मविश्वास, जीतको भोक – यी सबै कुराले मलाई अझ लामो समयसम्म खेल्न जागरुक गराउँछ।”

युभेन्टसकी फरवार्ड क्रिस्टिना गिरेल्लीले सर्वश्रेष्ठ महिला खेलाडीको पूरस्कार प्राप्त गरिन्। एटलान्टाका जियान पियरो उत्कृष्ट प्रशिक्षक घोषित हुँदा उनको टोली एटलान्टा वर्षको उत्कृष्ट टोली बन्न सफल भयो। एटलान्टा लगातार दोस्रो वर्ष तेस्रो स्थानमा रहन सफल भएको थियो भने च्याम्पियन्स लिगको अन्तिम ८ सम्मको यात्रा तय गरेको थियो।

प्रकाशित : आइतबार, चैत ०८, २०७७१३:२६

सेभियाका गोलरक्षकले अन्तिम समयमा गरे उत्कृष्ट गोल ! [भिडियो सहित]