कुन राशिको लागि कति शुभ रहला यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि  

अधिक खर्च गर्नबाट बच्नुहोला, अन्यथा आर्थिक संकट आउन सक्छ। अर्कोको विवादमा हस्तक्षेप नगर्नुहोस्। क्रोध तथा बोलीमा नियन्त्रण राख्नुहोला। सकारात्मक सोचका साथ गरेको काम सफल हुनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। हप्ताको अन्त्यमा जीवनसाथीको स्वास्थ्यको बारेमा केहि चिन्ता रहन सक्छ। कठिन समयमा प्रेमीको पूर्ण साथ सहयोग मिल्नेछ।

वृष राशि 

वृष राशिका मानिसको लागि यो हप्ता शुभ साबित हुनेछ। हप्ताको सुरूमा ठूलो व्यापारिक अनुबन्ध भएकोले अप्रत्याशित लाभ मिल्न सक्छ। सत्तापक्षबाट पनि फाइदा हुनेछ। धार्मिक कार्यमा तपाईंको संलग्नता बढ्नेछ। आर्थिक पक्ष मजबूत रहनेछ। जग्गा वा भवनको बिक्री वा खरीदको योजना फलदायी हुनेछ। परिवारका सदस्यसँग मदभेद पैदा हुनसक्छ, सजग रहनुहोला। स्वास्थ्यको पूरा ध्यान राख्नुहोला।

मिथुन राशि 

परिवारमा नकारात्मक वातावरण रहनेछ। शेयर बजारमा संलग्नहरूले राम्रोसँग सोच-विचार गरेर मात्र निर्णय लिनुहोला। विद्यार्थीहरुको मन पढाइ-लेखाइबाट भड्किन सक्छ। कार्यक्षेत्रमा थप जिम्मेवारीका साथै नयाँ अवसर पनि प्राप्त हुनेछ। प्रेम सम्बन्धमा पार्टनरको भावनाहरुको कदर गर्नुहोस्। स्वास्थ्यको पनि ध्यान राख्न जरूरी देखिन्छ। अधिक खर्च हुनसक्छ।

कर्कट राशि 

यो हप्ता तपाईंले बितेका समयमा गरेको परिश्रमको परिणाम प्राप्त गर्नुहुनेछ। हप्ताको मध्यमा अधिक खर्च हुने सम्भावना रहेको छ। व्यापार-व्यवसायीहरुको लागि समय अत्यन्त अनुकूल रहनेछ। कार्यक्षेत्रमा विशेषगरी महिलाहरुले प्रगतिको अवसर प्राप्त गर्नुहुनेछ। हप्ताको अन्त्यमा लामो वा छोटो यात्राको सम्भावना छ। जीवनसाथीको पूर्ण समर्थन प्राप्त हुनेछ। सन्तानबाट शुभ समाचार सुन्न मिल्नेछ।

सिंह राशि 

कुनै पनि कार्य हतारमा नगर्नुहोला। आर्थिक लेन-देनको चक्करमा बाधा आउन सक्छ। व्यवसायमा प्रतिस्पर्धा बढ्न सक्छ। आफ्नो कार्य योजनाको बारेमा पुनर्विचार गर्न आवश्यक रहेको छ। रोजगारी व्यक्तिहरुले प्रगतिका लागि केहि समय अझै कुर्नु पर्ने देखिन्छ। जीवनसाथी र प्रेम पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोस्। घरेलु जिम्मेवारी राम्रोसँग पूरा गर्ने प्रयास गर्नुहोस्।

कन्या राशि 

कन्या राशिका मानिसले यस हप्ता अधिक आश्वासन र कम समर्थन प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा सहकर्मीसँग मदभेद पैदा हुनसक्छ। हप्ताको अन्त्यसम्म आर्थिक समस्या रहि रहनेछ। कुनै पनि ठाउँमा लागानी गर्नु भन्दा अघि राम्रोसँग सोचविचार गरेर मात्र निर्णय लिनुहोला। महिलाहरूमा मानसिक दबाव रहला। विद्यार्थीको दिमाग अध्ययनबाट भड्किन सक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

तुला राशि 

यो हप्ता तपाईं सामाजिक वा मांगलिक कार्यमा संलग्न हुनुहुनेछ। आमा, बुबा र गुरुको सेवाको फल मिल्नेछ। धार्मिक कार्यहरूमा रुचि बढ्नेछ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ साबित हुनेछ। हप्ताको बीचमा प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क हुनेछ। बेरोजगार व्यक्तिहरूले रोजगारीका अवसरहरू पाउने छन्। प्रेम सम्बन्धमा आपसी विश्वास बढ्नेछ।

वृश्चिक राशि

यो हप्ता तपाईं सबै समस्याहरू समाधान गर्न सक्षम हुनुहुनेछ। साथी-भाइ तथा परिवारको पूर्ण समर्थन रहनेछ। हप्ताको सुरुमा तपाईं प्रशासनिक कार्यहरूमा व्यस्त रहनुहुनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। कुनै पनि काममा हतार नगर्नुहोस्। प्रेम सम्बन्धमा मनमुटाव बढ्न सक्छ। हप्ताको अन्त्यमा, दैनिक जीवनका कार्यलाई लिएर पारिवारिक जीवनमा मनमुटावको स्थिति पैदा हुने सम्भावना छ।

धनु राशि 

धनु राशिका मानिसको लागि यो हप्ता निकै शुभ साबित हुनेछ। हप्ताको सुरुवातमा घेरालु समस्याको समाधान हुनेछ। परिवारमा कुनै शुभ कार्यको आयोजना हुनसक्छ। तर कुनै काम गर्दा हतार नगर्नुहोस्। आर्थिक स्थिति पनि सुधार हुनेछ। पत्रकारहरू, डाक्टरहरू, वकिलहरू र अन्य परामर्शदाताहरूको लागि समय उपयुक्त छ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ।

मकर राशि 

हप्ताको सुरुवातमा छोटो वा लामो यात्राको सम्भावना बन्नेछ। यात्रा रमाईलो र लाभदायक साबित हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा बिस्तार हुनुका साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि समय अत्यन्त अनुकूल रहनेछ। हप्ताको अन्त्यमा भने पारिवारमा नकारात्मक वातावरण रहन सक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। स्वास्थ्य समस्याहरूलाई वेवास्ता नगर्नुहोस्।

कुम्भ राशि 

तपाईंको लागि यो हप्ता सोचे अनुरुप हुनेछैन। प्रेम सम्बन्धमा खटपट आउन सक्छ साथै दाम्पत्य जीवन पनि सुखमय नरहला। कठोर बोलीको कारण बनेको काम पनि बिग्रन सक्छ, सजग रहनुहोला। यो हप्ता तपाईंलाई भाग्यले पनि पूरा साथ दिने छैन। यात्राको क्रममा स्वास्थ्य र सामान दुबैको ख्याल राख्नुहोस्। परिवारमा पनि कलहको स्थिति बन्नसक्छ।

मीन राशि 

मीन राशिका मानिसले हप्ताको सुरुवातमै पदोन्नती प्राप्त गर्न सक्छन्। आयका साधन बढ्नेछन्। कार्यक्षेत्रका साथ साथै निजी क्षेत्रमा पनि सफलता प्राप्त हुने सम्भावना उच्च रहेको छ। यद्यपि केही पारिवारिक समस्याका मानसिक तनाब बढ्न सक्छ। तपाईले पुराना साथीहरुलाई भेट्ने अवसरहरु पाउनुहुनेछ। सम्पत्तिको विषयमा पारिवारिक कलह गम्भीर हुनसक्छ।

प्रकाशित : आइतबार, चैत ०८, २०७७१७:५८

भोलि चैत्र ९ गते सोमबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !