यी अफ्रिकी गायिकाले गाइन नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ (भिडियो)

काठमाडौँ, युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ गाएकी छिन् । वियोन्सेले संगीतकार तथा गायक राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ कभर गरेकी हुन्।

डिका इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट रिलिज भएको यस गितको भिडियोलाई डिका गुरुङले निर्देशन, छायांकन र सम्पादन गरेका छन्।पछिल्लो समय नेपालमै रहेकी वियोन्सेले यस भिडियोमा अभिनय पनि आफैले गरेकी छिन्। साथमा  सेरा सेरा र राजु खड्काको प्रस्तुति रहेको छ।

विभिन्न भर्सनमा निस्किएको यो गीत मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठ  लगायतको स्वरमा सार्वजनिक भएको छ ।

प्रकाशित : आइतबार, चैत ०८, २०७७१४:११

प्रचण्डले ओली माथि लगाए अहिले सम्मकै ठूलो आरोप !