“यो पाली त सलाह रामोसको छेउछाउ पनि जाने हिम्मत गर्दैनन्”

शुक्रबार बेलुका भएको च्याम्पियन्स लिग क्वाटर फाइनलको ड्रमा एक पटक फेरी गत सिजनको फाइनल र २०१८ को फाइनल देख्न पाइने भएको छ। क्वाटर फाइनलका खेलहरुमा गत सिजनको विजेता बार्यन म्युनिख र उपविजेता पीएसजी, २०१८ का दुई फाईनालिस्ट रियल म्याड्रिड र लिभरपुल, म्यानचेस्टर सिटी र डर्टमुन्ड र पोर्टो र चेल्सी भिड्ने भएका छन्।

यस्तोमा ब्राजिलियन तथा रियल म्याड्रिड लेजेन्ड रोबर्टो कार्लोसले लिभरपुल र रियल म्याड्रिड बीचको खेललाई लिएर एक हास्यास्पद अभिव्यक्ति दिएका छन्। शुक्रबार रियल र लिभरपुलको भेट पक्का भएसँगै कार्लोसले अब यी दुई बीचको खेल हुँदा लिभरपुलका मोहम्मद सलाह रियल म्याड्रिडका कप्तान सर्जियो रामोसको छेउछाउ पनि नपर्ने बताएका छन्।

२०१८ को फाइनल खेलको पहिलो हाफमा रामोसले गरेको ट्याकलमा लिभरपुलका सलाह नराम्रोसँग घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। लिभरपुलका प्रशंसकले यसलाई रामोसले जानी-जानी यस्तो गरेको भन्दै खुब आलोचन समेत गरेका थिए। उक्त खेल रियल म्याड्रिडले ३-१ ले जित्दै लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको थियो।

रामोस र सलाहको त्यसपछि हुन लागेको यो पहिलो भेट हो। यस्तोमा रोबर्टो कार्लोसले जोक गर्दै अर्को महिना हुने यी दुई क्लब बीचको भिडन्तमा सलाह रामोसको नजिक पनि नपर्ने बताएका हुन्। मार्काका अनुसार कार्लोसले भने,”सलाह रामोसको छेउछाउ पनि जाने छैनन्।”

रियल म्याड्रिड र लिभरपुल बीच क्वाटर फाइनलको पहिलो लेग अप्रिल ७ मा रियल म्याड्रिडको घरेलु मैदानमा हुनेछ भने दोस्रो लेगको खेल अप्रिल १५ मा लिभरपुलको घरेलु मैदानमा हुनेछ।

प्रकाशित : आइतबार, चैत ०८, २०७७१५:२६

“मेस्सीले जे मन छ त्यहि गर्छन्, क्लबमा बस्न उनलाई कसैले मनाउन सक्दैन”