दैनिक जीवनमा धेरै प्रचलित कुराहरु छन्, जसको आधारमा केहि कार्यहरु र घटनाहरु शगुन वा ओशगनको रूपमा मानिन्छ। यस्तै, कतिपय समय हाम्रो हातबात केहि चीज झर्छ। हामी यसबारे धेरै ध्यान दिँदैनौं। तर कहिले कहिँ केहि चीज बारम्बार हातबाट झर्न थाल्छ। यी चीजहरू झर्नु शुभ संकेत मानिदैन। मान्यता अनुसार यदि केहि चीज बारम्बार तपाईंको हातबाट झर्छ भने यो जीवनमा विभिन्न समस्याको संकेत हो। जान्नुहोस् के चीज हातबाट खस्नु अशुभ हुन्छ त…….
दुध

यदि दुधको भाँडो हातबाट छुटेर भुइँमा खस्छ वा पूरा ध्यान दिँदा पनि दुध उम्लेर भाँडो बाहिर पोखिन्छ भने यसलाई अशुभ संकेत मानिन्छ। दूध चन्द्रमासँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ। यस्तोमा तपाईंले आर्थिक संकटको सामना गर्नुपर्ने हुनसक्छ।
अन्न वा भोजन

यदि तपाईंले खाना पस्कँदै गर्दा खाना झर्यो भने भनिन्छ घरमा पाहुनाको आगमन हुन्छ। तर यदि यस्तो घटना धेरै हुन थाल्यो भने यसलाई कतै पनि शुभ मान्न मिल्दैन। यो विश्वास गरिन्छ कि यसले घरमा गरिबी ल्याउँछ वा यो भान्छामा कुनै वास्तु दोषको कारण हुन सक्छ।
तेल

हरेक घरमा तेलको प्रयोग भान्सामा खाना तयार गर्न देखि लिएर भगवान समक्ष बत्ती बाल्नको लागि प्रयोग गरिन्छ। साथै तेललाई शनिको कारक पनि भनिन्छ। यस्तोमा, यदि तपाईंको घरमा बारम्बार तेल पोखिन थाल्छ भने यो अशुभ संकेत हो। यसले तपाईंको कार्यमा बाधाको संकेत गर्नुका साथै धनहानिको सम्भावनालाई पनि दर्शाउँछ।

