गयराती आलाभेस विरुद्ध एथलेटिको म्याड्रिडका लागि विजयी गोल गरेका पूर्व बार्सिलोना स्ट्राइकर लुइस सुवारेजले आफ्नो करियरमा विशेष कोशेढुंगा पार गरेका छन्। हिजोको गोलसँगै उनले आफ्नो उत्कृष्ट खेलजीवनमा अब ५०० गोल गरेका छन्। उनले खेलको ५४ औं मिनेटमा किरन ट्रीपियरको क्रसलाई सदिपयोग गर्दै म्याड्रिडका लागि एकमात्र गोल गरेका थिए।
यो सँगै सुवारेज ५०० करियर गोल गर्ने पहिलो उरुग्वेन खेलाडी बनेका छन्। उनले सबैभन्दा धेरै गोल बार्सिलोनाका लागि गरेका छन्। क्याटालान शर्टमा १९८ गोल गरेका उनले आज्याक्सको लागि १११ गोल गरेका छन्। हालको प्रिमियर लिग च्याम्पियन लिभरपुलका लागि कुल ८२ गोल गरेका सुवारेजले उरुग्वेको लागि ६३ गोल गर्न सफल भएका छन्।
Barcelona | 198
Ajax | 111
Liverpool | 82
Uruguay | 63
Atletico | 19
Groningen | 15
Nacional | 12Luis Suarez has scored his 500th goal 🔥 pic.twitter.com/zmPlKdOttn
— GOAL (@goal) March 21, 2021
आफ्ना पुस्ताका सर्वोत्कृष्ट फिनिसर मध्येमा पर्ने लुइसले वर्तमान क्लब एथलेटिको म्याड्रिडला लागि १९ गोल गर्दा ग्रोनिनगेनको लागि १५ र नासिनोलका लागि ११ गोल गरेका छन्।
५०० गोल गर्ने लुइस सुवारेज मात्र ५ औं सक्रिय खेलाडी हुन्। उनीभन्दा पहिले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, ज्लाटान इब्राहिमोभिक र रोबर्ट लेवान्डोस्कीले मात्र ५०० वा सो भन्दा धेरै गोल गर्न सफल भएका छन्।