आफ्नै प्लेटफर्मबाट सामाजिक सञ्जालमा कम-ब्याक गर्दै डोनाल्ड ट्रम्प !

९ चैत, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्मबाट सामाजिक सञ्जालमा कम-ब्याक गर्ने तयारी गरेको बताइन्छ।

अब छिट्टै नै ट्रम्प आफ्नै प्लेटफर्मबाट सामाजिक सञ्जालमा कम-ब्याक गरे ट्रम्पका सल्लाहकार जेसन मिलरले जानकारी दिएका छन्। अबको दुईदेखि तीन महिना भित्र नै फेरी एक पटक अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई सामाजिक सञ्जालमा देख्न पाइने मिलरले फक्स न्युजलाई बताए।

यसअघि गत जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले ट्रम्पको एकाउन्ट प्रतिबन्धित गरेको थियो। गत जनवरी ६ तारिखका दिन उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुक, युट्युब लगायत सामाजिक सञ्जाल अकाउन्ट सँधैको लागि बन्द गरिएको थियो।

विशेषगरी ट्विटरमा धेरै सक्रिय रहेका ट्रम्पका ९ करोड फलोअर्स थिए। ट्रम्पका सल्लाहकार मिलरले उक्त सामाजिक सञ्जाल ठूलो हुने बताएता पनि ट्रम्प सामाजिक सञ्जालमा फिर्ता आउने नयाँ प्लेटफर्मको नाम भने खुलाइएको छैन। मिलर भन्छन्, “धेरैवटा कम्पनीले ट्रम्पसमक्ष प्रस्ताव राखिसकेका छन् । त्यसैले यो नयाँ प्लेटफर्म धेरै ठूलो हुनेछ र लाखौँ÷करोडौँलाई आकर्षित गर्नेछ ।”

प्रकाशित : सोमबार, चैत ०९, २०७७१३:४७

म्याद सकिएका लामखुट्टे मार्ने औषधि छर्किंदा मानिसको स्वास्थ्यमा समस्या !