काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल आइपुग्ने भएको छ।
एक साताभित्र चिनियाँ खोप नेपाल ल्याउने स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले जानकारी दिएका छन्। चीन सरकारले नेपाललाई अनुदान दिने भनेको ८ लाख डोज कोरोना भाइरस विरुद्धको खोप लिनको लागि नेपाल वायुसेवा निगनको जहाज चीन पठाउने निर्णय भइसकेको पनि उनले जानकारी दिए। उनले भने, “चीन सरकारले प्रदान गर्ने खोप लेराउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ।”
यसअघि नै चीनले सरकारले पटक पटक नेपाललाई ८ लाख डोज खोप दिने प्रतिवद्धता जनाएको थियो। तर कुटनीतिक पहल नहुँदा समयमा खोप आउन नसकेको थिएन।

