दोहोरो अंकले घट्यो नेप्से परिसूचक, तामाकोशी र चन्द्रागिरी हिल्सका लगानीकर्ता भने मालामाल !

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ। सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंकले घटेको छ्। आइतबार ६३ अंकले बढेको सेयर बजार सोमबार भने २४ अंकको गिरावट आएको हो। जससँगै नेप्से २५१४ अंकमा कायम भएको छ।

आइतबार झन्डै ६ अर्ब रकम बराबरको कारोबार भएकोमा सोमबार भने ५ अर्ब ३५ करोडको कारोबार भएको छ। सोमबार कारोबार हुनेमा होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन्। आज बैंकिङ २१, विकास बैंक १९, फाइनान्स ८, ब्यापार १६, निर्जीवन बीमा १८३, उत्पादन १२९, अन्य ३०, माइक्रोफाइनान्स ९२, फाइनान्स ८, जीवन बीमा समूह ३१५ र लगानी समूह १ अंकले घटेका छन्।

त्यस्तै, होटल ३.४७ प्रतिशत र हाइड्रोपावर ४.७९ प्रतिशतले बढेको छ। हाइड्रोपावरमा सबैभन्दा धेरै माथिल्लो तामाकोशीका र होटल तथा पर्यटनमा चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन्। आजको वृद्धिसँगै माथिल्लो तामाकोशीको मूल्य प्रतिकित्ता ७२६ रुपैयाँ कायम भएको छ भने चन्द्रागिरि हिल्सको मूल्य प्रतिकित्ता १५६३ रुपैयाँ कायम भएको छ।

प्रकाशित : सोमबार, चैत ०९, २०७७१५:४६

यही शुक्रबार ज्योति लाइफकाे आईपीओ बाँडफाँड हुँदै?