काठमाडौँ — सोमबार देशभर १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ४ हजार ४ सय ७२ जनामा गरिएको परीक्षणमा १५० जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ । हाल नेपालमा १ हजार १७ सक्रिय संक्रमित रहेका छन् ।

सोमबार कोरोना संक्रमणको कारण थप २ जनाको मृ-त्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, अहिलेसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार १९ रहेको छ ।

