फूलबुट्टे सारी गाएर भाइरल भएकी युगान्डाकी गायिकाको नेपाली केटासँग बिहे गर्ने चाहना, भन्छिन् ओलीको भाषण निकै मन पर्छ [भिडियो सहित]

काठमाडौँ – विभिन्न भर्सनमा सार्वजनिक भएर भाइरल भइसकेको ‘फूलबुट्टे सारी’ को कभर भर्सन पनि भाइरल भएको छ। युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले गाएको ‘फूलबुट्टे सारी’ को कभर भर्सन भाइरल भएको छ।

शुक्रबार मात्रै सार्वजनिक भएको उक्त कभर भर्सन युट्युब र टिकटकमा भाइरल भइरहेको छ। भिडियो सहित सार्वजनिक भएको कभर भर्सनमा वियोन्से फाम्सी आफैं देखिएकी छन्। गीतको कभर भर्सन सुन्ने अधिकांशले वियोन्सेको खुलेर प्रशंसा गरेका छन्। ‘फूलबुट्टे सारी’ को एक भर्सन गाएका वरिष्ठ हाँस्यकलाकार तथा गायक मदन कृष्णले पनि वियोन्सेको प्रशंसा गरेका थिए।

यस्तोमा, सबैतर्फबाट तारिफ बटुलीरहेको बेला उनको एक इन्टरभ्यु पनि अहिले भाइरल हुन थालेको छ। उक्त भिडियोमा वियोन्सेले आफू कसरी कोरोना महामारीको समयमा लकडाउनको कारण नेपालमै बस्न बाध्य भएको र त्यहि समयमा कसरी आफूलाई नेपाल र नेपालीको मायाले तानेको बताउँदै छिन्।

उनले भिडियोमा आफूलाई नेपाली खाना मन पर्ने र अब त नेपाली केटासँग नै बिहे गर्ने पनि खुलसा गरेकी छिन्। यसका साथै उनले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको समेत तारिफ गरेकी छिन्। वियोन्सेले आफूलाई प्रधानमन्त्री ओलीको भाषाण निकै मन पर्ने बताएकी छिन्।

हेर्नुहोस् भिडियो:

प्रकाशित : सोमबार, चैत ०९, २०७७१७:२९

नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक: वनमन्त्री आले