माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ। भोलि बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यलय पेरिसडाँडामा बस्ने स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन्।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीका आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल पनि हुने बुझिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन माओवादीले अहिलेसम्म फिर्ता लिएको छैन ।

यसअघि फागुन १ र २ मा बसेको केन्द्रीय कमिटीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिएको थियो।

प्रकाशित : सोमबार, चैत ०९, २०७७१८:२५

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ!