बार्सिलोनाका पूर्व फुटबल निर्देशक एरिक अबिडालले २०१९ मा आफूले क्लबका पुर्व स्टार नेइमारलाई बार्सिलोना फिर्ता ल्याउन सक्ने अवस्था रहेको खुलासा गरेका छन्। उनले आफूले नेइमार ल्याउन प्रयन्त गरेता पनि बार्सा बोर्डले ग्रिज्मनलाई अनुबन्ध गरेको कारणले आफूले नेइमार फिर्ता ल्याउन नसकेको बताएका छन्।
गत केहि समय देखि नै नेइमार बार्सिलोना फिर्ता आउने बारे ठूला चर्चा हुँदै आएको थियो। तर अन्तत: बार्सिलोना बोर्डले लालिगा प्रतिद्वन्दी एथलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मनलाई क्लबमा भित्र्यायो, तर अबिडालले अझै पनि दक्षिण अमेरिकी सुपरस्टार बार्सिलोना फिर्ता आउन सक्ने सम्भावना राखेका थिए।
टेलीग्राफसँग कुरा गर्दै बार्सिलोनाका पूरा डिफेन्डरले भने, “ट्रान्सफर विन्डो बन्द हुनु १० दिन अगाडी म लियोनार्डो पीएसजीका खेल निर्देशक] सँग कुरा गर्न पेरिस गरेको थिएँ र म मेरो सीईओको साथमा थिएँ। हामी नेइमारको बारेमा कुरा गरिरहेका थियौं।”
“मलाई लाग्छ यदि सीईओ पेरिस सेन्ट-जर्मेनसँग कुरा गर्न जान्छन् भने यसको मतलब यो हो कि हामीले उसलाई हस्ताक्षर गर्न सक्छौं। यदि हामीले पहिले ग्रिज्मनलाई अनुबन्ध नगरेको भने मलाई १०० प्रतिशत विश्वास छ कि हामी नेइमारलाई पुन: हस्ताक्षर गर्न सक्थ्यौं किनभने हामीलाई त्यो समयमा चाहिएको भनेको विंगर थियो र नेइमार बार्सिलोनामा हुँदा कति उत्कृष्ट थिए सबैलाई थाहा नै छ,” उनले भने।
यसबारेमा बोल्दै अबिडालले थपे, “यो कुरा कुन खेलाडी राम्रो भन्ने हैन, मलाई लाग्छ कि त्यति बेला हामीलाई कुन स्थानको खेलाडी चाहिएको थियो भन्ने कुरा हो। टोलीलाई एक वास्तविक विंगर चाहिएको थियो। तर अध्यक्षले ग्रिज्मन अनुबन्ध गर्ने निर्णय गरे।”