यी हुन् बलिउडका सबैभन्दा रोमान्टिक हिरो, कसैको ५ त कसैको ३०८ प्रेमिका थिए !

बलिउडका अभिनेता फिल्ममा त थुप्रै अभिनेत्रीसँग रोमान्स गर्छन्, साथै वासतविक जीवनमा पनि यिनीहरुको अफेयरको बारेमा खुब चर्चा हुने गर्छ। केहि अभिनेता एक दुई अफेयरपछि विवाह गर्ने गर्छन् तर कतिपय अभिनेता त यति रोमान्टिक हुन्छन् कि उनीहरुको ४-५ प्रेमिका रहेका छन्।। आज हामी तपाईंलाई यस्तै केहि अभिनेताको बारेमा बताउँछौं….

रणबीर कपूर 

बलिउड अभिनेता रणबीर कपूर फिल्म भन्दा पनि आफ्नो प्रेम जीवनको कारण धेरै चर्चामा रहन्छन्। रणबीरको नाम धेरै बलिउड अभिनेत्रीहरुसँग जोडिएको छ। उनको नाम दीपिका पादुकोण, सोनम कपूर, क्याट्रिना कैफसँग जोडिएको थियो। यति मात्र होइन, रणबीरलाई धेरैपटक मिस्ट्री गर्ल्सका साथ पनि देखिएको छ। अहिले भने उनी अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन्।

सलमान खान 

बलिउडका दबंग खान अर्थात् सलमान खानले अहिलेसम्म विवाह गरेका छैनन्, तर उनको थुप्रै अफेयर रहेका छन्। सलमानको नाम ऐश्वर्या राय, क्याट्रिना, संगीता बिजलानी, सोमी अली, युलिया भन्तुर जस्ता धेरै सुन्दर युवतीहरुसँग जोड्डी सकेको छ।

अक्षय कुमार 

बलिउडका खेलाडी कुमार रोमान्सको मामला पनि पछाडी छैनन्। अहिलेको समयमा अक्षय आफ्नी श्रीमती ट्विंकल खन्नासँग विवाह गरेर धेरै खुसी छन्, तर एक समय थियो जब अक्षयको नाम धेरै बलिउड सेलिब्रेटीहरूसँग जोडिने गर्थ्यो। अक्षयले शिल्पा शेट्टी, रवीना टण्डन, प्रियंका चोपड़ा, आयशा जुल्का, रेखा लगायतका धेरै अभिनेत्रीहरूलाई डेट गरेका थिए।

संजय दत्त 

फिल्मका साथै संजयको नाम थुप्रै अभिनेत्रीसँग जोडिएको थियो। संजय दत्तको माधुरी दीक्षित, सुष्मिता सेन, टीना मुनिम जस्ता अभिनेत्रीहरूसँग सम्बन्ध रहेको बताइन्छ। साथै, उनको बायोपिक फिल्म संजुमा उनको ३०८ प्रेमिका रहेको कुरा पनि खुलाइएको थियो।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१७:५१

तानातानमा परेका थिए अजय देवगन, दुई अभिनेत्री बीच भएको थियो ‘भुत्लाभुत्ली’ !