नायिका अनुले परिवार र प्रेमीसंग मनाईन ३१ औ जन्मदिन, लेखिन यस्तो क्याप्सन!

काठमाडौँ, चैत १० । नेपाली चलचित्र क्षेत्रकी नायिका अनु शाह सोमबार अर्थात चैत ९ गतेबाट ३१ वर्षकी भएकी छिन् । उनले आफ्नो जन्मदिन परिवार र प्रेमीसंग मनाएकी थिइन्।

जन्मदिनमा खिचिएको तस्विर मंगलबार सामाजिक संजालमा शेयर गर्दै ‘परिवार’ भनेर क्याप्सन राखेकी छिन्। जुन तस्विरमा उनका प्रेमी अर्थात् नायक  सविन श्रेष्ठ पनि रहेका छन्। सविन र अनुले सार्वजनिक रुपमा प्रेम-सम्बन्ध नस्विकारे पनि सामाजिक संजालमा शेयर गरिएको पोस्ट मार्फत उनीहरु विच प्रेम रहेको अड्कल जो कोहिले लगाउने गर्छन। एक स्रोतको अनुसार उनीहरु छिट्टै विवाह गर्दैछन्।

नायिका अनुले ‘द् युग देखि युगसम्म’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन् । अहिलेसम्म उनले एक दर्जन फिल्महरु जस्तै ‘धर्मा’, ‘नागरिक’, ‘बाजिगर’, ‘लक्ष्य’, ‘भैरव’ लगायतमा अभिनय गरेकी छिन् । अनुले अनुले फिल्म भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् ।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१३:११

बडीकन ड्रेसमा निकै ह’ट देखिईन शाहरुखकी प्यारी छोरी, तस्विर भाइरल!