एट्लेटिको गएपनि कम भएको छैन स्वारेज-मेस्सी बीचको मित्रता !

एजेन्सी – एट्लेटिको म्याड्रिडका उरुग्वेली फरवार्ड लुइस स्वारेजले लियोनेल मेस्सीसँग आफू लगातार सम्पर्कमा रहेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा स्वारेजले मेस्सीसँग आफू निरन्तर सम्पर्कमा रहेको बताएका हुन्।

स्वारेजले बार्सिलोना कप्ताल लियोनेल मेस्सीसँग दिनहुँ जस्तो कुरा हुने खुलासा गरे। स्वारेजका अनुसार मेस्सी र उनी दिनहुँ जस्तो कुरा गर्छन्। स्वारेजले अन्तर्वार्तामा भनेका छन्,”म लिओ [मेस्सी] सँग दिनहुँ जस्तै कुरा गर्छु।”

स्वारेजले यस अगाडी पनि मेस्सी र आफू पारिवारिक रुपमै नजिक रहेको बताउँदै आएका छन्। मेस्सीसँग खेलहरुका अलावा निजी जीवन पनि जोडिने र सो बारे पनि आफूहरु बीच कुरा हुने स्वारेजको भनाई रहने गरेको छ।

त्यस्तै स्वारेजले बार्सिलोनाबाट बाहिरिएपनि बार्सिलोनाका खेलहरु हेर्ने गरेको बताए। फुटबल हेर्न मन पर्ने भएका कारण मात्र नभई आफूले लामो समय बिताएको क्लब भएका कारण पनि बार्सिलोनाका खेलहारु हेर्ने गरेको उनको भनाई छ।

“म बार्सिलोनाका खेलहरु हेर्छु। किनकि, म फुटबल हेर्न मन पराउँछु र बार्सिलोना मैले मन पराउने क्लब मात्र नभई मैले खेलेको क्लब पनि हो।”,स्वारेजले भने,”यो कुरा सबैलाई थाहा छ कि म बार्सिलोनालाई कति मन पराउँछु।”

स्वारेजको ५०० गोल

आइतबार राति भएको खेलमा डिपोर्टिभो एलाभेस विरुद्ध गोल गरेका स्वारेज विशेष कोशेढुंगा पार गरेका छन्। उक्त गोल सँगै सुवारेज ५०० करियर गोल गर्ने पहिलो उरुग्वेन खेलाडी बनेका हुन्।

५०० गोल गर्ने लुइस सुवारेज मात्र ५ औं सक्रिय खेलाडी बन्न सफल भएका छन्। उनीभन्दा पहिले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, ज्लाटान इब्राहिमोभिक र रोबर्ट लेवान्डोस्कीले मात्र ५०० वा सो भन्दा धेरै गोल गर्न सफल भएका छन्।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१३:११

नन-पेनाल्टी गोलमा मेस्सी १४४ कम खेलमै रोनाल्डो भन्दा अगाडी !