माधव नेपालले भने – “ओली एमाले होइनन्, बिमाले-सिमाले हुन्”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी छाड्न चेतवानी दिएका छन्।

मंगलबार काठमाडौँका आयोजित एक कार्यक्रममा बोल्नेक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीलाई पार्टी छाडेर जान चेतावनी दिएका हुन्। आफूपक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको भेलालाई सम्बोधन गर्दै नेपालले नेकपा एमाले ओलीको नभई आफूहरुको रहेको बताए।

नेता नेपालले ओली विमाले, सिमाले रहेको टिप्पणी मात्रै गरेनन्, पार्टी नै छाडेर जान चेतवानी पनि दिए। पार्टीलाई कुनै पनि हालतमा ओलीको कब्जामा जान नदिन आफूहरु संघर्ष गरिरहेको उनको भनाई छ।

“नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।”,नेपालले भने,”केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।

त्यस्तै नेपालले ओलीको दम्भ कुर्सिमा बस्दा सम्म मात्र रहने पनि टिप्पणी गरेका छन्। कुर्सीबाट बाहिर निस्केपछि ओलीको चुरीफुरीको हावा खुस्किने नेपालले बताए।

“ओलीको चुरीफुरीको हावा कुर्सीबाट बाहिर निस्केपछि खुस्किन्छ।”,उनले भने। नेपालले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको स्पष्ट पारे। ९ औँ महाधिवेशनको कार्यदिशा अनुसार आफूहरू अगाडि बढ्न खोजेको उनको तर्क छ।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१५:२४

ट्याक्सीले १२०० तोकेकोमा पठाओले ६०० मै यात्रु बोकेपछि नि-र्घात कु’टिए चालक!