काठमाडौँ, चैत १० । सोमबार अर्थात् हिजो बेलुका ट्याक्सी चालकको एक समुहले पठाओका राइडरलाई कु-टपिट गरेका छन् । खबरअनुसार काठमाडौँको नयाँ बसपार्कमा सोमबार साँझतिर पठाओ राइडरमाथि ट्याक्सी चालकहरुले नि-र्घात कु-टपिट गरेका हुन्।
खासमा एक यात्रुले नयाँ बसपार्कबाट आफ्नो घरसम्म जान कति भाडा लाग्ने भन्दै ट्याक्सी चालकलाई सोधेका थिए। ट्याक्सी चालकले १२ सय रुपैया लाग्ने भनेपछि ति यात्रु पठाओमा ६ सय मात्र लाग्ने भएपछि त्यसैमा जान खोजेका थिए। त्यसपछि हाम्रो यात्रु खोस्ने भन्दै ट्याक्सी चालकका एक समुह नै मिलेर ति पठाओ राइडरलाई कुटपिट गरेका हुन्।
सडकमा यात्रु कुरेर बसेका एकजना पठाओ राइडरलाई शुरुमा ट्याक्सी चालकले लखेटे, केहीबेर नाराजुलुस पनि गरे र त्यसपछि सडकमा हिडिरहेका पठाओ राइडरलाई कुटपिट गरेका थिए ।
यस विवादबारे प्रहरीको महाराजगञ्ज वृत्तका एक कर्मचारीले ७ जना ट्याक्सी चालक तथा पठाओ राइडरलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको बताए। यस घटनाबारे बोल्दै पठाओ कम्पनिले आफ्नो राइडर कु-टिएकोमा न्याय पाउँ भन्दै दोषीलाई कारबाही गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसंग माग गरेको छ।
अनलाइन बुकिङमार्फत् मात्र सेयर राइडिङ सेवा दिने भनेर संचालनमा आएको पठाओले अफलाइन ट्याक्सी जस्तै बाटोमा कुरेर अफलाइन सेवा दिन थालेपछि ट्याक्सी चालकहरु यसको विरोधमा उत्रिएका हुन्।

