एक महिना नबित्दै फेरी बढ्यो बजाजका मोटरसाइकलहरुको मूल्य !

काठमाडौँ – नेपाली बजारमा बजाजका मोटरसाइकलहरुको मूल्य वृद्धि भएको छ। नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजका मोटरसाइकलहरुको मूल्य परिमार्जन गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । पछिल्लो पटक केहि समय अगाडी मात्रै बजाजका मोटरसाइकलहरुको मूल्य वृद्धि भएको थियो।

चैत ८ गते देखि लागू हुनेगरी मोटरसाइकलहरुको मूल्य वृद्धि गरिएको हंसराज हुलासचन्द एण्ड कम्पनी जनाएको छ। कम्पनीका अनुसार विभिन्न मोडलका बाइकमा एक हजार रुपैयाँदेखि ५ हजारसम्मले मूल्य वृद्धि भएको छ।

सार्वजनिक मूल्य सूचीका अनुसार सबै भन्दा बढी मूल्य बजाज डोमिनारको बढेको छ । डोमिनारको मूल्य ५ हजार बढेको छ। नयाँ मूल्य अनुसार नेपालमा डोमिनारको मूल्य अब ५ लाख ७४ हजार ९ सय रुपैयाँ भएको छ।

कुन बाइकको मूल्य कति ?

नयाँ मूल्य सूचीका अनुसार बजाजको सबै भन्दा सस्तो मोटरसाइकल प्लाटिना १०० इएसको १ लाख ८२ हजार ९ सय र डिस्कभर १२५ ड्रमको मूल्य २ लाख ९ सय पर्ने भएको छ।

डिस्कभर १२५ डिस्क र डिस्कभर १२५ एसटीको भने मूल्यमा कुनै हेरफेर भएको छैन। डिस्कभर १२५ डिस्कको २ लाख ६ हजार ९ सय र डिस्कभर १२५ एसटीको २ लाख १७ हजार ९ सय यथावत छ।

त्यस्तै पल्सर १२५ डिस्क, पल्सर१५० एसडी र पल्सर १५० टिडीको मूल्य पनि कुनै परिवर्तन छैन। यस अगाडी नेपालमा पल्सर १२५ डिस्कलाई २ लाख ३४ हजार ९ सय, पल्सर १५०लाई २ लाख ६३ हजार ९ सय, पल्सर १५० टिडीलाई २ लाख ८० हजार ९ सय थियो र अब पनि सोहि मूल्य पर्नेछ।

पल्सर १६० एनएस टिडी एबिएसको मूल्य भने १ हजारले बढेको छ। अब पल्सर १६० एनएस टिडी एबिएसलाई ३ लाख २ हजार ९ सय पर्नेछ। मूल्यमा कुनै हेरफेर नभएको पल्सर २२० एफ एबिएसको ३ लाख ४७ हजार ९ सय र पल्सर २०० एनएस एबिएसलाई ३ लाख ४९ हजार ९ सय रहेको छ।

पल्सर २०० एनएस एफआई एबिएसक र एभेन्जर १६० स्ट्रिट एबिएसको मूल्य भने २ हजारले बढेको छ। अब नेपाली बजारमा पल्सर २०० एनएस एफआई एबिएसलाई ३ लाख ७२ हजार ९ सय र एभेन्जर १६० स्ट्रिट एबिएसलाई ३ लाख ३१ हजार ९ सय पर्नेछ।

एभेन्जर २२० क्रुज र डोमिनार २५० एबिएसको मूल्यमा कुनै परिवर्तन छैन। नेपाली बजारमा एभेन्जर २२० क्रुजलाई ३ लाख ५४ हजार ९ सय र डोमिनार २५० एबिएसलाई ४ लाख ९४ हजार ९ सय पर्छ।

हेर्नुहोस् पूरा सूची

मोडल पुरानो मूल्य नयाँ मूल्य सूची
प्लाटिना १०० इएस १,८१,९०० १,८२,९००
डिस्कभर १२५ ड्रम १,९९,९०० २,००,९००
डिस्कभर १२५ डिस्क २,०६,९०० २,०६,९००
डिस्कभर १२५ एसटी २,१७,९०० २,१७,९००
पल्सर १२५ डिस्क २,३४,९०० २,३४,९००
पल्सर१५० एसडी २,६३,९०० २,६३,९००
पल्सर १५० टिडी २,८०,९०० २,८०,९००
पल्सर १६० एनएस टिडी एबिएस ३,०२,९०० ३,०३,९००
पल्सर २२० एफ एबिएस ३,४७,९०० ३,४७,९००
पल्सर २०० एनएस एबिएस ३,४९,९०० ३,४९,९००
पल्सर २०० एनएस एफआइ एबिएस ३,७२,९०० ३,७४,९००
एभेन्जर १६० स्ट्रिट एबिएस ३,२९,९०० ३,३१,९००
एभेन्जर २२० क्रुस ३,५४,९०० ३,५४,९००
डोमिनार २५० एबिएस ४,९९,९०० ४,९९,९००
डोमिनार ४०० एबिएस ५,६९,९०० ५,७४,९
प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१६:४३

सगरमाथाको उचाइसँगै बढेको कार्कीको चर्चा