यी हुन् अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने टप २५ खेलाडी, रोनाल्डोको नजर नम्बर एकमा !

क्लब स्तरमा भइरहेका थुप्रै आलोचनालाई पछाडी राख्दै केहि समयका लागि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीसँग जोडिने छन्। युरोपियन च्याम्पियन पोर्चुगलले मार्च अन्तिमसम्ममा तीन अन्तराष्ट्रिय खेल खेल्दैछ।

पहिलो खेल बुधबार अजरबैजानसँग हुनेछ भने त्यसपछि सर्बिया र लग्जम्बर्गसँग हुनेछ। रोनाल्डोले तीन मध्ये एक खेलमा अ अट पक्कै गोल गर्छन् भने आशा राख्न सकिन्छ तर रोनाल्डोसँग तीनै खेलमा सकेसम्म धेरै गोल गर्ने एक प्रेरणा हुनेछ।

अन्तराष्ट्रिय स्तरमा १०२ गोल गरिसकेका रोनाल्डो अन्तराष्ट्रिय फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी इरानका अली दाइ(१०९) भन्दा मात्र ७ गोलले पछी छन्। उनले यी तीन खेलमा नै यो रेकर्ड आफ्नो नाम गर्न नसक्लान भन्न मिल्दैन।

यस्तोमा, यी हुन् अन्तराष्ट्रिय स्तरमा सबैभन्दा धेरै गोल गर्ने टप २५ खेलाडी……

२५= एडेन जेको (बोस्निया एण्ड हर्जगोभिना) – ५९ गोल 

२५= डेभिड भिल्ला (स्पेन) – ५९ गोल 

२४. ज्लाटान इब्राहिमोभिक (स्विडेन) – ६२ गोल 

२२= लुइस सुवारेज (उरुग्वे) – ६३ गोल 

२२= रोबर्ट लेवान्डोस्की (पोल्याण्ड) – ६३ गोल 

२०= डिडियर ड्रोग्बा (आइभेरी कोष्ट) – ६५ गोल 

२०= अली माबखाउट (यूएइ) – ६५ गोल 

१७= होसम हसान (इजिप्ट) – ६८ गोल 

१७= रोब्बी किन (रिपब्लिक अफ आयरल्याण्ड) – ६८ गोल 

१७= कार्लोस रुइज (गुवाटेमाला) – ६८ गोल 

१६. स्तर्न जोन (ट्रिनीडाड एण्ड टोबागो) – ७० गोल 

१२= लियोनल मेस्सी (अर्जेन्टिना) – ७१ गोल 

१२= मिरोस्लेभ क्लोस (जर्मनी) – ७१ गोल 

१२= कियाटिसुक सेनामुवांग (थाइल्याण्ड) – ७१ गोल 

१२= कुन्नाह फिरी (मालावी) – ७१ गोल 

१०= माजेद अब्दुल्ला (साउदी अरब) – ७२ गोल 

१०= सुनिल क्षेत्री (इण्डिया) – ७२ गोल 

८= बासर अब्दुल्ला (कुवेत) – ७५ गोल 

८= कुनीसिगे कामामोटो (जपना) – ७५ गोल 

७. पेले (ब्राजिल) – ७७ गोल 

६. हुसेन सइद (इराक) – ७८ गोल

५. गडफ्रे चितालु (जाम्बिया) – ७९ गोल

४. फेरेंक पुस्कास (हंगेरी) – ८४ गोल

३. मोख्तर दहारी (मलेशिया) – ८५ गोल

२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – १०२ गोल

१. अली दाइ (इरान) – १०९ गोल

प्रकाशित : बुधबार, चैत ११, २०७७१९:०३

“युभेन्टसको मुख्य समस्या हुन् रोनाल्डो, ४-५ वर्ष अगाडीको जस्ता खेलाडी रहेनन्