ग्रहहरु मध्ये शनि र राहु ग्रहको नाम सुन्ने बित्तिकै कतिपय मानिसको मनमा भय उत्पन्न हुने गर्छ। शनिलाई कर्मफलदाता मानिन्छ भने राहुलिई असुर। हिन्दू धर्ममा कुनै पनि शुभ कार्य गर्नु भन्दा पहिले शुभ मुहूर्त हेर्ने गरिन्छ। हिन्दू धर्मको मान्यता अनुसार शुभ मुहूर्तमा गरेको हरेक काम सफल हुन्छ। त्यस्तै, कुनै पनि शुभ कार्य गर्नु अघि शुभ मुहूर्तलाई बेवास्ता गरियो भने कार्य सफलता प्राप्त गर्न थुप्रै अवरोधको सामना गर्नुपर्छ भन्ने विश्वास रहेको छ। धर्मशास्त्रमा जसरी शुभ कार्य गर्नको लागि शुभ मुहूर्त हुन्छ त्यस्तै अशुभ मुहूर्त पनि हुने गर्छ। राहुकाललाई अशुभ समयमा गणना गरिन्छ। जान्नुहोस् राहुकालको बारेमा…..
राहुकाल के हो त ?
ज्योतिषशास्त्रका अनुसार हरेक दिन ९० मिनेट राहुकाल हुन्छ र कुनै पनि शुभ कार्य यो समयमा गरियो भने त्यो अशुभ हुन्छ भन्ने विशेष रहिआएको छ। राहु सूर्योदयदेखि सूर्यास्तसम्म आठौं भागको स्वामी राहु हुन्छ। राहुलाई असुर र छाया ग्रहको रूपमा लिइन्छ। राहुको अशुभ प्राभावले देवी-देवता पन्मी प्रभावित हुन्छन्। राहुकालको समयमा कुनै मंगल कार्य सुरु गरिँदैन।
कसरी हुन्छ त राहुकालको गणना ?
कुनै शुभ कार्यको आरम्भको समय त्यस दिनको दिनमानको पूरा मान घण्टा मिनेटमा निकाल्नुहोस्। यसलाई आठ बराबर भागमा विभाजन गर्नुहोस् र यसलाई स्थानीय सूर्योदयमा जोड्नुहोस्, तपाईंलाई शुद्ध राहुकालको ज्ञान हुनेछ।
दिन अनुसार हरेक दिन कुन समयमा लाग्छ त राहुकाल ?
आइतबार: बेलुका ४:४५ देखि ६:१५ सम्म
सोमबार: बिहान ७:४५ देखि ९:१५ सम्म
मंगलबार: दिउसो ३:१५ देखि ४:१५ सम्म
बुधबार: दिउसो १२:१५ देखि १:४५ सम्म
बिहिबार: दिउसो १:४५ देखि ३:१५ सम्म
शुक्रबार: बिहान १०:४५ देखि १२:१५ सम्म
शनिबार: बिहान ९:१५ देखि १०:४५ सम्म