फिल्ममा किस गर्दा पत्नीको धुलाई समेत भेटेका थिए इमरान हाश्मीले, खोले यस्तो राज !

बलिउडमा सिरियल किसर भनेर चिनिने अभिनेता इमरान हाश्मी यस वर्ष आफ्नो ४२ औं जन्मदिन मनाउँदैछन्। उनले फुटपाथ फिल्मबाट फिल्म उद्योगमा प्रवेश गरेका थिए। २००४ मा आएको फिल्म मर्डरले इमरानलाई नयाँ उचाईमा पुर्यायो। इमरानले राज ३ मर्डर, कलयुग जस्ता हिट फिल्महरूमा उत्कृष्ट अभिनय देखाएर यो कुरा प्रमाणित गरिसकेका छन् कि उनी कुनै पनि किसिमको चरित्र सजिलै गर्न सक्छन्।

इमरान हाश्मीको जन्म २४ मार्च १९७९ मा मुम्बईको एक मुस्लिम परिवारमा भएको थियो। उनको बुबाको नाम अन्वर हाशमी र आमाको नाम माहिरा हाश्मी हो। इमरान हाश्मीले आफ्नो फिल्म करियरमा धेरै हिट फिल्महरू दिएका छन्। ‘वान्स अपन ए टाइम इन मुम्बई’, शांघाई जस्ता फिल्ममा गरेको उत्कृष्ट अभिनयको कारण उनले ३ पटक फिल्मफेयर अवार्डक लागि नामांकन पनि प्राप्त गरेका छन्।

इमरान हाश्मीले आफ्नो १८ वर्षीय फिल्म करियरमा अहिलेसम्म ४० भन्दा धेरै फिल्ममा अभिनय गरेका छन्। २००४ मा आएको ब्लकबस्टर फिल्म मर्डरबाट आफ्नो पहिचान बनाउन सफल उनले २००५ मा ‘आशिक बनाया अपने’ नामक अर्को हिट फिल्म दिए। त्यसपछि उनले कहिले पनि पछाडी फर्केर हेर्नु परेन। इमरानको हरेक जसो फिल्ममा किसिंग शिन हुने गर्छ। त्यसैले, उनी बलिउडमा ‘सीरियल किसर’ भनेर चिनिन्छन्। वास्तवमा, इमरान हाश्मीले २०१२ को फिल्म ‘राज’ ‘मा सबैभन्दा लामो चुम्बन अभिनेत्री बिपाशा बसु गरेका थिए। यो २० मिनेटको चुम्बन थियो, जुन बलिउडको सबैभन्दा लामो चुम्बन हो।

एक अन्तर्वार्तामा इमरानले खुलासा गरेका थिए कि उनकी पत्नी परवीन सहनीलाई उनले किस शिन दिएको मन पर्दैन। इमरानले किस शिन दिएको देख्दा उनी रिसाउने गर्थिन्। इमरानले अझै हाँसउठ्दो ढंगमा भने कि, “अब त किस शिनको विषयमा उनले मलाई यत्तिको हिर्काउँदिनन्, पहिले त उनले मलाई ब्यागले हिर्काउँथिन्। इमरान हाश्मी र परवीन सहनीको विवाह २००६ मा भएको थियो। उनीहरुको एक छोरा पनि छन् जसको नाम आयान हाश्मी हो।

प्रकाशित : बुधबार, चैत ११, २०७७१९:०२

बलिउड चलचित्रमा कलाकारले प्रयोग गरेका महँगा कपडा-कस्ट्यूमलाई के गरिन्छ ?