यी हुन् ३० वर्ष माथिका सबैभन्दा मूल्यवान् खेलाडी, मेस्सी सबैभन्दा मूल्यवान !

लामो समयको लागि धेरैले यो विश्वास गर्ने गर्थे कि फुटबल खेलाडीहरु ३० वर्ष नागेपछि आफ्नो बेस्ट दिन सक्दैनन्। तर आजको समयमा यस्तो भन्ने अवस्था छैन। खासगरी, ३० वर्ष भन्दा माथिका खेलाडीहरू अब सब भन्दा ठूला स्टेजमा प्रभुत्व जमाइरहेको समयमा।

क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की अहिलेका समयका सायद टप ३ खेलाडी हुन् र यी सबै खेलाडी ३० वर्ष भन्दा माथिको उमेरका भइसकेका छन्। यस्तोमा आज हामी ३० वर्ष वा सो भन्दा धेरै उमेरका हरेक पोजिसनका सबैभन्दा मूल्यवान खेलाडीका बारेमा बताउँछौं…..

गोलकिपर: ओजसिएच  सिजेस्नी (युभेन्टस) – ३१.५ मिलियन 

उमेर: ३०

युभेका गोलकिपर विश्वकै ३० वर्ष वा सो भन्दा माथिका गोलकिपर मध्ये सबैभन्दा मूल्यवान किपर हुन्। दोस्रो स्थानमा रहेका म्यानचेस्टर युनाइटेडका डेभिड डे जियाको मूल्य सिजेस्नीको मूल्य भन्दा ११.७ मिलियन कम रहेको छ।

राइट ब्याक: काइल वाल्कर (म्यानचेस्टर सिटी) – ३५ मिलियन 

उमेर: ३०

द्रुत गतिका सिटीका राइट ब्याक यस सूचीका सबैभन्दा मूल्यवान डिफेन्डर पनि हुन्।

सेन्टर ब्याक: स्टेफान स्याभिक (एथलेटिको म्याड्रिड) – २२.५ मिलियन 

उमेर: ३०

पूर्व म्यानचेस्टर सिटी प्लेयर म्याड्रिड आएसँगै विश्वकै उत्कृष्ट डिफेन्डरका रूपमा विकसित भएका छन्। यो सूचीमा उनी मात्र यस्ता खेलाडी हुन् जसको मूल्य यो वर्ष बढेको छ।

सेन्टर ब्याक: क्रिस स्मलिंग (एएस रोमा) – १५.३ मिलियन 

उमेर: ३१

शंका गर्नु पर्ने कुनै कुरै छैन। क्रिस स्मलिंग ३० वर्ष वा सो भन्दा धेरै उमेरका दोस्रो सबैभन्दा मूल्यवान सेन्टर-डिफेन्डर हुन्।

लेफ्ट ब्याक: एलेक्स सान्ड्रो (युभेन्टस) – २५.२ मिलियन 

उमेर: ३०

अझै पनि विश्वका उत्कृष्ट लेफ्ट ब्याकमा पर्ने सान्ड्रोले बार्सिलोनाका जोर्डी अल्बालाई पछि पारेका छन्।

राइट मिडफिल्डर: लियोनल मेस्सी (बार्सिलोना) – ७२ मिलियन 

उमेर: ३३

बार्सिलोनाका कप्तान ३० वर्ष वा सो भन्दा माथि उमेरका खेलाडी मध्ये सबैभन्दा मूल्यवान खेलाडी हुन्। ३३ वर्षको उमेरमा पनि सायद उनी अहिले पनि विश्वका सर्वोत्कृष्ट खेलाडी हुन्।

सेन्ट्रल मिल्फिल्डर: टोनी क्रुस (रियल म्याड्रिड) – ४५ मिलियन 

उमेर: ३१

क्रुस समयसँगै निखारिंदै गएको देखिन्छ। उनी रियल म्याड्रिडको मिडफिल्डका मुटु हुन्।

सेन्ट्रल मिल्फिल्डर: इल्काइ गुन्डुवान (म्यानचेस्टर सिटी) – ३६ मिलियन 

उमेर: ३०

यो सिजन गुन्डुवान् निकै उत्कृष्ट लयममा रहेका छन्। सिटीका लागि उनि यस सिजन सबै प्रतियोगितामा १६ गोल गरिसकेका छन्।

लेफ्ट मिडफिल्डर: क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – ५४ मिलियन 

उमेर: ३६

३६ वर्षय खेलाडीको बजार मूल्य ५४ मिलियन ? यो सम्भाव नै छैन यदि खेलाडीको नाम क्रिस्टियानो रोनाल्डो छैन भने।

सेन्टर फरवार्ड: एन्टोइन ग्रिज्मन (बार्सिलोना) – ५४ मिलियन 

उमेर: ३०

ग्रिज्मनको बजार मूल्य पछिल्लो समय केहि घटेको छ तर पनि उनी ३० वर्ष वा सो भन्दा माथि उमेरका सबैभन्दा मूल्यवान फरवार्ड हुन्।

स्ट्राइकर: रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख) – ५४ मिलियन 

उमेर: ३२

शनिबार स्टुट्गार्डसँगको खेलमा ह्याट्रिक गरेसँगै लेवान्डोस्कीले यो सिजन २५ खेलमा ३५ गोल गरिसकेका छन्। उनी अहिले आफ्नो खेलजीवन कै सर्वोत्कृष्ट खेल खलिरहेका छन्।

जम्मा मूल्य: ४४४.५ मिलियन

औसत  मूल्य: ४०.४ मिलियन

प्रकाशित : बुधबार, चैत ११, २०७७१९:०१

मेस्सी, रोनाल्डो, जिदान: यी हुन् ब्यालुन डी ओर जित्ने ‘सर्वोत्कृष्ट ११’