बलिउड टिभी अभिनेत्री हिना खान आफ्नो ब्वायफ्रेन्ड रकी जायसवालसँग मालदीव्समा छुट्टि मनाईरहेकी छन्। हालै हिनाले मालदीव्सको थुप्रै तस्विर शेयर गरेकी छन्। यी तस्विरमा हिनाले व्हाइट कलरको मोनोकनी लगाएकी छन्। उनी पूल किनारामा आफ्नो टोन्ड बडी फ्लंट गरिरहेकी छन्। केहि यूजर्सले उनलाई यस्तो कपडा लगाएको तस्विर शेयर नगर्न बताएका थिए।
एक यूजरले लेखेका थिए ,”यस्तो नगर हिना तिमी मुस्लिम हौ।” एक अन्य युजर्सले लेखे ,”किन मुस्लिमको नाम खराब गरिरहेकी छौ ?” एक अन्य युजरले लेखे ,’मलाई थाहा छैन, यो केटिसँग के गलत भएको छ। “
योभन्दा पहिला हिनाले मल्टीकलर शर्ट ड्रेसमा केहि तस्विर शेयर गरेकी छन्। यी तस्विरमा हिनालाई निकै मस्ती गर्ने मूडमा देखिएकी छ। हिना हालै टिभीमा ‘बिग बोस १४ ‘ मा सीनियर कंटेस्टेंटको रुपमा आएकी थिइन्। यस बाहेक हिनाले ‘यह रिश्ता क्या कहलाता है’ मा अक्षराको मुख्य भूमिकामा देखिएकी थिइन्।