एउटा भनाइ नै छ नि बाउको बिहे देखाइ दिन्छु। यहाँ एक बच्चाले बाउको बिहे देखिनन् मात्र उक्त बच्चाको चर्तिकलाले पूरा विवाह नै रमणीय भयो। यो घटना अमेरिकाको हो। यहाँ एक निर्दोष बच्चीले आफ्ना आमा-बुबाको विवाहमा जे गरिन् त्यो देखेर सबै मानिस छक्क परे। अब बच्चालाई जे भए पनि के फरक पर्छ र। उनीहरुलाई मनमा जे लाग्छ त्यो गरेरै छाड्छन् नि। तर आफ्नी आमाको काखमा जान यी बच्चीले जे गरिन् त्यो निकै नै हाँसो लाग्दो थियो।
सारा विकम्यान एक मेकअप विशेषज्ञ हुन्। उनी अमेरिकाकी बासिन्दा हुन्। उनले यहि मार्चमा आफ्ना पार्टनरसँग विवाह गरिन्। उनले उक्त विवाहको भिडियो साझा गरेकी छिन्। उक्त भिडियोमा आकर्षणको केन्द्र भएकी छिन् उनकी छोरी एली। उनले आफ्नो आमाको ध्यान आकर्षण गर्न के-के गरिन् गरिन् त्यो निकै नै मजेदार छ। पहिले त उनी भुइँमा तेर्सो परिन् र लडिबुडी गर्न थालिन्। उनी यस्तो हर्कत लगातार गरि रहिन्। त्यसपछि त सबै मानिसको ध्यान एली माथि मात्र रह्यो। उनले त्यहाँ निकै प्यारा-प्यारा हर्कत गर्न थालिन्।
यस्तोमा साराले एलीलाई आआफ्नो काखमा लिइन्। जब औंठी लगाउने समय भयो औंठी नै खस्यो। यो सबैको बीच सारा अब हास्न थालिन्। तर उनकी छोरी एली भने निकै रिसाइ रहेकी देख्न सकिन्छ। उनका यी दुबै भिडियो मानिसलाई निकै मन परेको छ। कतिपय मानिसले त यो भिडियोलाई गोल्ड भनेका छन् भने कति मानिसले साराको फुटेज त एलीले लागिन् भनेर कमेन्ट गरेका छन्।
View this post on Instagram