मड्रिड । रियल म्याड्रिड र कप्तान सर्जियो रामोसबीचको सम्झौतको उल्टो गन्ति सुरु भइसकेको छ । अन्तिम एक सय दिन बाँकी रहँदा दुई समूहबीच नयाँ सम्झौता हुन सकेको छैन । तत्काल सम्झौताको सम्भावा पनि देखिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
यदि नयाँ सम्झौता हुन सकेन भने रामोस र रियलबीच सन् २००५ देखिको सहकार्य जुन ३० मा टुंगिनेछ । अब विस्तारै नविकरणको सम्झौता कमजोर हुने अनुमान पनि गरिदैछ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको प्रस्तावमा रामोस तयार छैनन् ।
रामोस लामो सम्झौताको पक्षमा छन् । अन्य टोलीका खेलाडी जस्तै १० प्रतिशत तलब घटाउन राजी भएपनि रामोसको शर्त भने लामो सम्झौताको रहेको बताइएको छ ।
रामोसले प्रस्तावलाई पूर्ण रुपमा अस्वीकार भने गरिसकेका छैनन् । अझै पनि छलफल का लागि केहि ठाँउ रहेको रामोसले पनि स्वीकारेका छन् । ‘नविकरणका विषयमा नयाँ समाचार केहि छैन, म त्यो चाहन्छु’, रामोसले गत साता भनेका थिए । पछिल्लो तीन महिनामा रामोस र पेरेजबीचको भेट हुँदा सम्झौताका लागि सम्भावना रहेको अनुमान गरिएको थियो ।
रियलका निर्देशकहरुले पनि को प्रस्ताव रामोसको चाहना अनुसार नभएमा सचेत छन् । रियल सकेसम्म उनलाई गुमाउन चाहदैन । पेरेज र रामोसको सम्बन्ध निकट रहेको मानिन्छ । उनीहरुबीच कुनै तिक्तत्ता नरहेको विश्वास गरिन्छ ।
अर्कोतर्फ लुकास भाज्केजका विषयमा पनि रियलले टुंगाउन बाँकी रहेको छ । रियलको नयाँ प्रस्तावलाई भाज्क्वेजले अस्वीकार गरेको यसअघि नै सार्वजनिक भइसकेको छ । कोभिड १९ का कारण युरोपका अधिकांश क्लबको आम्दानीमा असर परेको छ ।