काठमाडौँ – बुधबार घटबढ नभएको सुनको मूल्य बिहिबार बढेको छ। मंगलबार र बुधबार एकै मूल्यमा कारोबार भएको सुनको मूल्य आज बढेको हो।
सुनको मूल्य बिहिबार तोलामा २ सय रुपैंयाले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा आज छापावाला सुन ८६ हजार ९ सय रुपैंयामा कारोबार भइरहेको छ।
यस अगाडी छापावाला सुन आइतबार ८७ हजार २ सय, सोमबार ८७ हजार र मंगलबार-बुधबार ८६ हजार ७ सय रुपैंयामा कारोबार भएको थियो।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुन ८६ हजार ४ सय ५० रुपैंयामा कारोबार भइरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार ८६ हजार ७ सय ५०, सोमबार ८६ हजार ५ सय ५० र मंगलबार-बुधबार ८६ हजार २ सय ५० रुपैंयामा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज चाँदीको मूल्य भने घटेको छ। तोलामा रु १०ले घटेसँगै चाँदीको मूल्य १२ सय ३० कायम भएको छ।