ब्राजिलियन युवा खेलाडी टालेस म्याग्नोले आफू क्रिस्टियानो रोनाल्डो र नेइमार जस्तै बन्न चाहेको बताएका छन्। रोनाल्डो र नेइमार आफ्ना प्रेरणा रहेको बताउने म्याग्नो यी दुई सुपरस्टार खेलाडीका केहि गुण आफूमा विकास गरेर आफू विश्वको उत्कृष्ट खेलाडी बन्ने कोसिस गर्ने बताए।
भास्को डा गामाको लागि २०१९ मा ब्रेकआउट स्टारको रूपमा उदाएका १८ वर्षीय फरवार्ड दक्षिण अमेरिकाकै उत्कृष्ट युवा खेलाडीको रूपमा विकासित भएका छन्। २०२० मा चोटले ग्रस्त उनको नाम लिभरपुल, रियल म्याड्रिड जस्ता क्लबसँग जोडिदै आएको छ। यस्तोमा उनी मोडर्न गेमका दुई दिग्गजबाट केहि सिक्न चाहन्छन्।
२०२१ को एनएक्सजीएनको टप ५० फुटबलिङ ओन्डरकिडको सूचीमा उल्लेख भएपछि गोलसँग बोल्दै टालेसले भने, “म क्रिस्टियानो रोनाल्डो जत्तिकै उत्कृष्ट बन्न चाहन्छु। उनी एक उत्कृष्ट खेलाडी हुन्। तर म आफ्नो खेलमा नेइमारको जस्तो आकर्षक शैली पनि विकास गर्न चाहन्छु। उनको खेलबाट म निकै प्रेरित छु।”
९ वर्षको उमेरमा भास्कोसँग जोडिएको टालेसले जुन २०१९ मा सेनियर टोलीको लागि डेब्यु गरेका थिए। रियल म्याड्रिड , लिभरपुल जस्ता युरोपका ठूला क्लबको ध्यान तान्न सफल टालेस माथि लाजियो, रोमा, सेभिल्ला र बायर लिभरकुजेन जस्ता क्लबको पनि बजार रहेको छ।