दिल्ली स्थित घर जग्गा व्यवसाय गर्ने वरुण अरोड़ा इराकका तानाशाह सद्दाम हुसेनको बारेमा इन्टरनेटमा पढेका थिए कि कसरी उनले आफ्ना राजनीतिक विरोधीहरूलाई खतम गर्न थ्यालियम नामक विषाक्त पदार्थ प्रयोग गर्ने गर्थे। यहि उपाय प्रयोग गरेर उक्त मानिसले आफ्नी सासु र पत्नीको ज्यान लिने योजना बनाए। फेब्रुअरी महिनामा उनले आफ्नो सासु, ससुरा, साली र पत्नीलाई माछाको साथमा थ्यालियम खुवाए। जसपछि उनकी सासु र सालीको ज्यान गयो र पत्नी कोमाको अवस्थामा पुगिन्।

यसको घटनाको बारेमा तब मात्र थाहा भयो जब यस षड्यन्त्र रच्ने व्यापारीका ससुरा देवरेन्द्र मोहन शर्मा र होमियोपाथी औषधि निर्माता पुलिसको मा पुगेर उनको पत्नी अनिता शर्माको गंगा राम अस्पतालमा ज्यान गएको कुरा बताए, जसको मृ-त्युका लागि उनले आफ्नै ज्वाइँ वरुण अरोरालाई शंका गरे। ससुराले फेब्रुअरीको घटनाको बारेमा पनि बताए जब व्यापारीले माछा बनाएर सम्पूर्ण परिवारलाई खुवाए तर आफ्नै बच्चाहरूलाई खुवाएनन् र आफूले पनि खाएनन्। उक्त खानामा नै उसले विषाक्त मिलाएका थिए।

पुलिसले उक्त महिलाको पोस्टमार्टम गर्दा उनको शरीरमा ठूलो मात्रमा थ्यालियम भेटियो। त्यसपछि, पुलिसले आरोपीकी पत्नीको पनि परिक्षण गरायो जो कोमामा थिइन्। आरोपीको पत्नीको शरीरमा पनि थ्यालियमको अत्यधिक मात्रा भेटियो। जसपछि, पुलिसले आरोपीको ल्यापटप र सिस्टम आफ्नो कब्जामा लिएर अनुसन्धान गर्दा पुलिसले आरोपीको इन्टरनेट हिस्ट्रीमा सद्दाम हुसेन सम्बन्धि फेला पारे जसमा उनले सद्दाम हुसेनले कसरी राजनीतिक प्रतिद्वन्द्वीहरूको सामना गर्न थ्यालियम प्रयोग गर्थे भनेर पढेका थिए। हाल पुलिसले आरोपी व्यापारी वरुण अरोड़ालाई पक्राउ गरेको छ।
