आउँदो संस्करणको कोपा अमेरिकामा ब्राजिल भन्दा अर्जेन्टिना प्रमुख दाबेदार ?

आउँदो समरमा कोपा अमेरिका हुँदैछ। र सट्टेबाजहरूले अहिले उक्त प्रतियोगिता जित्नको लागि फेभरेट राष्ट्रको बारेमा सूची निकालेका छन्। कुन देशको सम्भावना धेरै रहेको छ त यस वर्ष कोलम्बिया र अर्जेन्टिनामा हुने कोपा अमेरिका ?

२०१९ को कोपा अमेरिका च्याम्पियन ब्राजिल साबित विजेता भएता पनि आउने संस्करणको प्रतियोगितामा प्रमुख फेभरेटको ट्याग पाउन सफल भएको छैन। यूओएल एस्पोर्टको रिपोर्ट अनुसार मेस्सी र उनको कप्तानीमा रहेको अर्जेन्टिनाले २०२१ को कोपा अमेरिका जित्ने सम्भावना रहेको छ।

ब्राजिलका मिडिया आउटलेटले भनेको छ कि प्रतियोगिता कोलम्बिया र अर्जेन्टिनामा हुने भएको कारण उनीहरूले मेस्सीको पक्षलाई प्रतियोगिता जित्ने प्रमुख दाबेदारको रूपमा हेरेका छन्। साथै, आउँदो संस्करणको कोपा अमेरिकामा दर्शकको पनि पुनरागमन गराउने कोम्नेबोलको तयारी रहेको छ।

त्यस बाहेक, यो लियोनल मेस्सीको अन्तिम कोपा अमेरिका हुने सम्भावना रहेकोले पनि अर्जेन्टिना अत्यधिक उत्प्रेरित हुनुपर्छ। परिणाम स्वरूप, अन्य अर्जेन्टिनी खेलाडीहरु पनि मेस्सीको लागि यो प्रतियोगिता जित्न चाहन्छन्। घरेलु मैदानको फाइदा र जित्ने अधिक उत्प्रेरणाले पनि अर्जेन्टिनालाई यस संस्करणको उपाधि जित्ने फेरेट बनाएको हुनुपर्छ।

तर चोटका कारण बाहिरिएको स्टार खेलाडी नेइमार बिना नै अघिल्लो कोपा अमेरिका जितेको ब्राजिललाई पनि कम आँक्न भने मिल्दैन। यो पटक फित रहेको खण्डममा २९ वर्षीय नेइमार पनि उपाधि जित्न निकै प्ररित हुनेछन्।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१५:०५

पहिला भन्दा बलियो भएका डेम्बे अनि लय समातेको बार्सिलोना !