पहिला भन्दा बलियो भएका डेम्बे अनि लय समातेको बार्सिलोना !

एजेन्सी– बार्सिलोनाका ओसमाने डेम्बेलेको फिटनेसमा निकै सुधार आएको उनको प्रदर्शनबाट सहजै अनुमान लगाउन सकिन्छ । बोरुसिया डर्टमुन्डबाट सन् २०१७ मा बार्सिलोमा आबद्ध भएयता उनले सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेका थिएनन् ।

जारी सिजनमा भने उनी फर्ममा देखिएका छन् । २३ वर्षे फरवार्डले यो सिजन ९ गोल गरिसकेका छन् । जसले गर्दा उनी प्रशिक्षक रोनाल्ड कोम्यानको पहिलो रोजाईमा पर्दै आएका छन् । केहि खेलमा त उनी एक मात्र फरवार्डका रुपमा पनि प्रयोग भएका छन् । सुरुवाती सिजनमा अनुशासनका कारण पनि उनी आलोचित भएका थिए ।

‘इमान्दार भएर भन्दा २०१७ मा म निकै कमजोर थिए । अहिले म शारीरिक रुपमा पनि फेरिएको छु । म खेलका लागि पनि तयार छु,’ उनले भने,‘ यो वर्ष राम्रो भइरहेको छ । बार्सिलोना आएपछि म मा सुधार आएको छ । फिटनेस प्रशिक्षकले पनि धेरै सहयोग गरेका छन् । अभ्यासका दौरान र खेलका लागि ती सबैमा परिवर्तन आएको छ ।’

आफैले पनि सहज महसुस गरेको डेम्बेलेले बताएका छन् । ‘पछिल्लो तीन वर्ष फिटनेसका लागि निकै संघर्ष गरेको छु । मैले जीवनमा धेरै अनुभव गरे र तीनलाई खुसीका साथ स्वीकार गरेको छु, उनले थपे,‘ अहिले म निकै सहज महसुस गरिरहेको छु ।’ यो सिजनको प्रदर्शनका कारण उनी युरोपियन च्याम्पियनसिपअघिका अन्तर्राष्ट्रिय खेलका लागि फ्रान्सेली टोलीमा पनि समेटिएका छन् ।

सिजनको सुरुवात कमजोर गरेपनि बार्सिलोनाले पछिल्लो समय भने लय समातेको छ । स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको क्याटलान टोलीले २८ खेलमा ६२ अंक जोडेको छ । शीर्षस्थानको एटलेटिको म्याड्रिडभन्दा ४ अंक पछि रहेको बार्सिलोना रियल म्याड्रिडभन्दा २ अंकले अघि छ । कोपा डेल रेको फाइनलमा बार्सिलोनाले एथेल्टिक बिल्बाओको सामना गर्नेछ ।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१५:१४

“हालान्ड र एम्बाप्पे अनुबन्ध गर्न बार्सिलोना र रियल म्याड्रिडले जादू गरे मात्रै, नत्र सक्दैनन्”