सूर्य र शुक्र ग्रह एकै राशिमा, यी राशिका मानिस रहनुस् सावधान !

२४ मार्च अर्थात् हिजोबाट सूर्य र शुक्र ग्रह एकै राशिमा छन्। यी दुई ग्रहको संयोजन मीन राशिमा भएको छ। यस संयोजनमा यी ग्रहहरू एक अर्काको ९ देखि १० डिग्रीको दूरीमा रहनेछन्। अर्थात् यी दुई ग्रह लगभग समान डिग्रीमा रहनेछन्। यस संयोजनको कारण शुक्र ग्रह पूर्ण रूपमा अस्त हुनेछ।

ज्योतिषमा सूर्य र शुक्र दुबैलाई विशेष ग्रहहरू मानिन्छ। सूर्य आत्मा जबकि शुक्र सौन्दर्यको कारक हो। यी दुई ग्रहको संयोजनले सम्पूर्ण विश्वलाई असर गर्नेछ। यसको प्रभावको बारेमा जान्नुहोस्…..

सुर्यको तत्व अग्नि हो भने शुक्रको जल। यी दुई ग्रहहरूको संयोजन जल तत्वको राशि मीन राशिमा भएको छ। मीन राशिमा शुक्र उच्च रहन्छ, जसले गर्दा यो संयोजनलाई बहुत लाभदायक भन्न मिल्दैन। यस संयोजनको प्रभावले व्यक्तिको विश्वास र स्वास्थ्यमा प्रभाव पार्न सक्छ। व्यपार-व्यवसाय क्षेत्रका मानिसको लागि यो संयोजन अनुकूल रहनेछ। यो समयमा शुभ फल मिल्ने सम्भावना उच्च रहेको छ। यदि तपाईं कुनै शुभ वा मांगलिक कार्य गर्ने विषयमा सोच्दै हुनुहुन्छ भने त्यसलाई स्थगित गर्नुहोस्। शुभ कार्य गर्नको लागी यो समय ठिक छैन। यो संयोजनमा शुक्र अस्त हुन्छ। शुक्र एक शुभ ग्रह हो, त्यसैले यसको अस्तलाई अशुभ मानिन्छ।

पारिवारिक जीवनमा पर्ने प्रभाव 

यस संयोजनको प्रभावले मानिसका पारिवारिक जीवनलाई पनि असर गर्न सक्छ। यी ग्रहहरूको संयोजन शनिको नक्षत्रमा भएको छ। यही कारणले गर्दा यस समयमा परिवारमा कलहको वातावरण हुनसक्छ। यस समयमा धैर्यको साथ पारिवारिक जीवन सन्तुलित गर्न कोसिस गर्नुहोस्। महिलाहरुले स्वास्थ्य सम्बन्धि समस्याको सामना गर्नु पर्ने हुनसक्छ।

जान्नुहोस् सूर्य र शुक्र ग्रहको संयोजन कुन-कुन राशिका लागी शुभ साबित हुनेवाला छ र कुन-कुन राशिलाई अशुभ रहनेछ…..

यी राशिलाई शुभ 

वृष राशि र मकर राशिका मानिसको लागि यो समय शुभ रहनेछ। यस अवधिमा वृष राशिका मानिसले अधुरा रहेका कार्य पूरा गर्न सक्नेछन्। साथै, रोजगार सम्बन्धित समस्याहरू पनि हटेर जानेछ। अर्कोतर्फ, मकर राशिका मानिसले यो समयमा धन लाभ प्राप्त गर्न सक्छन्। यस समयमा दाजु-भाईको भरपूर साथ सहयोग मिल्नेछ।

यी राशिको लागि अशुभ 

मेष, कुभ र मीन राशिका मानिसको लागि यो समय अशुभ रहनेछ। यी राशिका मानिस यो समयमा सावधान रहन जरूरी छ। मेष राशिका मानिसले आफ्नो रिसमा नियन्त्रण गर्नुपर्छ, अन्यथा बनको काम पनि बिग्रन सक्छ। कठोर बोलीको कारण तपाईंको सम्बन्धहरूमा दूरी आउन सक्छ। कुम् राशिका व्यक्तिहरूले लेनदेनको मामिलामा विशेष ध्यान राख्नुपर्नेछ। स्वास्थ्यको बारेमा पनि चिन्ता रहन सक्छ। त्यस्तै, मीन राशिका मानिसले यो संयोजनको प्रभावको कारण मानसिक समस्याको सामना गर्नुपर्ला।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१९:३०

यी तीन प्रकारका मानिससँग बस्दा ज्यानको समेत खतरा हुनसक्छ, थाहा पाइराख्नुस् !