शाकाहारीले खानुहोस् यी ५ चीज, माछा-मासुमा भन्दा धेरै प्रोटीन मिल्नेछ !

प्रोटीन शरीरको सबै कोषहरुमा पाइन्छ। यसले शरीरमा सबै कोषहरू, मांसपेशीहरू इत्यादिको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। प्रोटीनले छाला, कपाल र हड्डीहरूलाई मजबूत बनाउन मद्दत गर्छ। हाम्रो शरीरमा जाने दैनिक क्यालोरीको लगभग १०-३५ प्रतिशत प्रोटीनबाट प्राप्त हुन्छ। प्रत्येक दिन एक व्यक्तिले शरीरको वजनको अनुसार प्रति किलोग्राम ०.८ ग्राम प्रोटीन लिनु पर्छ।

मासु, माछा र अण्डाहरूमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ, तर शाकाहारी मानिसहरू यसबाट अछुतो रहन्छन्। आउनुहोस् ती चीजहरूको बारेमा जान्नुहोस् जुन भेज हुँदाहुँदै पनि प्रोटीनको राम्रो स्रोत मानिन्छ।

दाल

दाल नेपाली खानाको एक महत्त्वपूर्ण अंश हो। दालमा पाइने प्रोटीन र पौष्टिक तत्त्व शरीरका लागि अत्यन्त लाभदायक हुन्छ। एक कप पाकेको दालमा लगभग १७.८६ ग्राम प्रोटीन हुन्छ। यो सजिलैसँग तयार गर्न सकिन्छ र तपाईं यसलाई दैनिक खानामा समावेश गर्न सक्नुहुन्छ।

चना

तपाईं चना धेरै तरीकाले उपभोग गर्न सक्नुहुन्छ। तपाईं यसलाई दाल, सूप, तरकारी आदि बनाएर खान सक्नुहुनेछ। भुटेको चना खाजाको रूपमा खपत गर्न सकिन्छ। एक कप पारेको चनामा १४.५३ ग्राम प्रोटीन पाइन्छ।

मुंग 

मुंगमा प्रोटीन, फलाम, फाइबर र अन्य धेरै पोषकहरू समावेश हुन्छ। मुंग सलाद, खिचडी र दाल कुनै पनि तरिकाले खान सकिन्छ। एक कप पाकेको मुंगमा १४.१८ ग्राम प्रोटीन हुन्छ।

सिमी 

सिमीमा हुने पोटाशियम, फाइबर र आइरन शरीरका लागि अत्यन्त लाभदायक हुन्छ। सामान्यतय मानिसहरु सिमीलाई तरकारीको रूपमा उपभोग गर्छन्। एक कप पारेको सिमीमा ११.५८ ग्राम प्रोटीन हुन्छ।

मटर 

हरियो मटर खान मन नपराउने मानिस सायद नै होलान्। हरियो मटरमा प्रोटिनको अलावा अन्य थुप्रै पोषक तत्वहरू हुन्छन्। हरियो मटरको सूप, तरकारीको रूपमा खान सकिन्छ। एक कप पाकेको मटरमा ८.५८ ग्राम प्रोटीन हुन्छ।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१९:२५

पहिलो गर्भावस्थामा महिलाहरुले जान्नै पर्छ यी कुरा !