“हालान्ड र एम्बाप्पे अनुबन्ध गर्न बार्सिलोना र रियल म्याड्रिडले जादू गरे मात्रै, नत्र सक्दैनन्”

लालिगाका प्रमुख जाभियर टेबासले कोरोना महामारी र आर्थिक संकटको कारण यो समरमा बिग मनी ट्रान्सफर हुन नसक्ने बताएका छन्। उनले खासगरी रियल म्याड्रिड र बार्सिलोनाले किलियन एम्बाप्पे र हालान्डलाई अनुबन्ध गर्नको लागि उनीहरुलाई जादुमय उपायको आवश्यक पर्ने बताएका हुन्।

२०२१ को समर ट्रान्सफर विन्डोमा म्याड्रिडको प्रमुख टार्गेट एम्बाप्पे र बार्सिलोनाको मुख्य टार्गेट हालान्ड रहेको र यी दुई क्लब वर्तमान समयका सबैभन्दा उत्कृष्ट यी दुई स्ट्राइकरलाई अनुबन्ध गर्न सक्दो कोशिस गर्ने बुझिएको छ। तर लालिगा प्रमुख टेबास भने यी ट्रान्सफर नहुने देख्छन्।

म्याड्रिड र बार्सिलोनाले एम्बाप्पे र हालान्ड अनुबन्ध गर्न सक्छन् त भनेर प्रश्न गर्दा टेबासले एएसलाई भने, “कसरी, जादु गरेर ?” बार्सिलोनाले धेरै खेलाडी बेच्नु पर्ने र म्याड्रिड पनि ठूलो डिल गर्न असक्षम रहेकोले यो हुन निकै गाह्रो हुने उनको भनाइ छ। “हामी भन्न सक्दैनौं कि एमबाप्पे वा हालान्ड आउँछन् कि, [लियोनेल] मेस्सी बार्सिलोनामा नै बस्छन्। यो असम्भव छ,” उनले भने।

उनले आफूहरु लिगको ब्राण्ड भ्यालु क्लब र प्लेयर भन्दा धेरै हुन्छ भन्ने कुरा सुनिश्चित गर्न कोशिस गर्दै गरेको बताए। “म लालिगामा मेस्सी, [पेप] ग्वार्डीओला, [जर्गन] क्लोप, हालान्ड, एम्बाप्पे सबै हुन् भन्ने चाहन्छु, तर यो सम्भव छैन,” टेबास भन्छन्।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१९:२०

“रोनाल्डोले आफ्नो गोल र रेकर्डको बारेमा मात्र सोच्छन्, टिमको बारेमा मतलब नै गर्दैनन्”