“मेस्सी अझै केहि वर्ष बार्सा मै बस्छन्”

बार्सिलोनाका पूर्व खेलाडी तथा ब्राजिलियन दिग्गज रिभाल्डो मेस्सीले बार्सासँग नयाँ सम्झौतामा हस्तक्षर गर्नेमा विश्वस्त भएका छन्। मेस्सीको बार्सिलोनासँगको सम्झौता जारी सिजनको अन्त्यबाट समाप्त हुँदैछ।

६ पटकका ब्यालुन डी ओर विजेता मेस्सीको भविष्यको बारेमा चर्चा चलिरहँदा बार्सिलोना छाडेको खण्डमा उनी कता जानेछन् भन्ने पनि चर्चाको विषय बनिरहेको छ। गत सिजनको अन्त्यमा नै क्लब छाड्न कोशिस गरेका मेस्सीको नाम पीएसजी, म्यानचेस्टर सिटी जस्ता क्लबसँग जोडिदै आएको छ।

तर रिभाल्डो विश्वास गर्छन् कि नयाँ अध्यक्षको नियुक्तिसँगै मेस्सी बार्सिलोनामा नै बस्ने बारे सोच्न बाध्य भएका छन्। यसबारेमा बोल्दै रिभाल्डोले बेटफेयरसँग भने,”बार्सिलोनामा पछिल्लो केहि हप्तामा व्यापक सुधार हुँदैछ, लियोनल मेस्सीको शानदार लय र नयाँ अध्यक्षको प्रभाव पनि देख्न थालिएको छ। लापोर्टाको आगमनसँगै मेस्सी निकै खुसी देखिएका छन्।”

“त्यहि कारणले गर्दा मैले विश्वास गर्न थालेको छु कि मेस्सी नयाँ बोर्डसँग सम्झौता गर्न सक्छन् र अझै केहि बर्ष क्लबमा रहनको लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्न सक्छन्,” उनले भने।

बार्सिलोना पछिल्लो समय निकै उत्कृष्ट लयमा रहेको छ। २०२१ मा लिगमा अपराजित रहेको बार्सा युरोपको टप ५ लिगमा २०२१ मा पराजित हुन बाँकी एकमात्र टोली हो। क्याटालानको अर्को खेल अप्रिल ६ मा रियल भालाडोलिडसँग हुनेछ।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१५:४३

हालाण्ड माथि नजर रहेका बार्सिलोना, रियल, सिटि सबैलाई डर्टमण्डको कडा झड्का !