अब केहि समयमा नै ज्योति लाइफकाे आईपीओ बाँडफाँड हुदै,कत्ति लाखले हात पार्लान?

काठमाडौँ, चैत्र १३ । गत फागुन २३ गतेदेखि साधारण शेयर  निष्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्सको  आइपिओ आज  १२:३० बजे  बाँडफाँट हुदैछ । एनएमबी क्यापिटल बिक्री प्रबन्धकको अनुसार यस कम्पनीको आईपीओ १० कित्ताका दरले ५ लाख ९४ हजार जनाले  हात पार्नेछन् ।

कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो। तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई, तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई र बाँकी रहेको ५९ लाख ४० हजार सर्वसाधारणका लागि छुट्याएको हो । कम्पनीको आइपीओेमा १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका छन् ।

तिन  करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि तिन अर्ब ८० करोड ७१ हजार बढि रकम जम्मा भएको छ । यो रकम मागभन्दा ६.४ गुणा बढी हो । त्यसैले यस १२ लाखभन्दा बढी लगानीकर्ताहरुले कम्पनीको आईपीओ नपाउने भएका छन्।

आइपीओमा आवेदन परेकाहरुको भेरिफाईको काम भैरहेको छ। गत  शुक्रबार नै  बाँडफाँट गरिने भनिएको आइपिओ भेरिफाईको काम नसकिएको कारण रोकिएको थियो।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१२:०९

दोहोरो अंकले बढ्यो नेप्से, निफ्राको कारोबार सर्वाधिक !