एमालेका नेता फेरी एकल महिलाको घरमा भेटिए, भेटे गाउँलेको ‘राम-धुलाई’

बैतडी – दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा फेरी पनि एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन्।

महरा दोगडाकेदार-६ की एक महिलाको घरमा फेला परेका हुन्। महरा र महिला दुवैलाई नियन्त्रणमा लिसकिएको छ। महरासँगै नियन्त्रणमा लिइएकी महिला एकल महिला रहेकी छन्।

कसरी लिइयो नियन्त्रणमा ?

बिहिवार राति वडाध्यक्ष दोगडाकेदार-६ स्थित ती एकल महिलाको घरमा पुगेका थिए। यो कुरा महिलाका छिमेकीहरुले पनि थाहा पाएका थिए। एकल महिलाको घरमा राति गएको थाहा पाएपछि गाउँलेहरुले महिला र वडाध्यक्ष दुवैलाई नियन्त्रणमा लिएका थिए।

गाउँलेको नियन्त्रणमा रहेका दुवै जनालाई प्रहरीको जिम्मा लगाइसकिएको छ। दुवैलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

यस अगाडी पनि सोहि महिलासँग फेला परेका थिए

वडाध्यक्ष महरा यस अगाडी पनि सोहि महिलासँग शंकास्पद अवस्थामा फेला परेका थिए। यस अगाडी गत हप्ता मात्रै महरा ती महिलासँग एक होटलमा फेला परेका थिए। महरा एक महिलासँग होटलमा रहेको खबर महराकी श्रीमतीले प्रहरीले दिएकी थिइन्।

पक्राउ परेपछि उनले पार्टीको कामका लागि आफूहरु सँगै होटलमा बसेको बताएका थिए। जसपश्चात उनलाई छाडिएको थियो। महरा नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुन्।

होटेलमा परस्त्रीसँग बसिरहेका वडाध्यक्ष महरा रङ्गेहात पक्राउ !

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१२:११

बो-ल्ड एण्ड ब्युटी श्रृंखला खतिवडाका ११ तस्विर, देखेर हुनेछ सबै फिदा!