यो हो बेलायतका प्रिन्स ह्यारीको पेन्टिङ बनाउने सुँगुर, पेन्टिङ गरेरै कमाइसकेको छ ८ लाख भन्दा धेरै !

यदि कसैले तपाईंलाई एउटा सुँगुरले अत्यन्त राम्रो पेन्टिङ गर्छ भन्यो भने सायद तपाईं त्यो कुरा पत्त्याउन गार्हो हुनेछ। तर पिग्कासो नामको एक सुँगुरले धेरै वर्षदेखि चित्रकलाको काम गरिरहेको छ र यस मार्फत उसले राम्रो आय आर्जन गर्दैछ। यो सुँगुरले बेलायतको प्रिन्स ह्यारीको पनि चित्र बनाएको थियो। प्रिन्स ह्यारीको पेन्टिङ हालै स्पेनका एक व्यक्तिले ३.७७ लाखमा किनेका छन्।

पिग्कासोको उमेर अहिले ४ वर्षको हो र यसले अहिलेसम्म आफ्नो पेन्टिङबाट ८ लाख ३५ हजार भन्दा पनि बढी कमाइ गरिसकेको छ। यस सुँगुरको मालकिनको नाम जोआन लेफसन हो। पिग्कासो र लेफसन दक्षिण अफ्रिकामा बस्छन्। ‘द सन’ अनुसार, पिग्कासोले बनाएको चित्रकाराहरूबाट आएको सबै पैसा लेफसनले पशुहरूको हेरचाहको लागि अनुदान दिन्छन्।

बेलायतको प्रिन्स ह्यारीको पेन्टिङ पिग्कासोले निकै छोटो समयमा तयार गरेको थियो। पिग्कासो मुखले ब्रश समातेर निकै अनुभवी चित्रकारले जसरी चित्र बनाउँछ। सामाजिक सञ्जालमा हाल पिग्कासोको तस्बीर निकै भाइरल भइरहेको छ। पिग्कासोले यस अघि बेलायतकी रानी एलिजाबेथको पेन्टिङ पनि बनाइसकेको छ जुन ३ लाख भन्दा पनि बढीमा बिक्री भएको थियो।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७२०:०५

निदाएपछि सबै भुसुक्कै बिर्सिन्छन्, याद दिलाउन श्रीमतीले हरेक दिन गर्नुपर्छ यस्तो काम !