आफ्नी प्रेमिका वा पत्नीलाई सधैं खुसी राख्न चाहनुहुन्छ भने हरेक दिन राति गर्नुहोस् यस्ता ५ कार्य !

व्यस्त जीवनको कारण आजकल मानिससँग आफ्नो जीवनसाथी, प्रेमिका वा परिवारलाई दिन थोरै पनि समय हुँदैन। जसको कारणले सम्बन्धमा फाटो आउन सुरु हुन्छ वा सम्बन्ध नै टुट्न पनि सक्छ। यदि तपाईंको अवस्था पनि यस्तै छ भने चिन्ता नलिनुहोस्, हरेक रात यी ५ चीज गरेर तपाईं आफ्नो पार्टनरलाई नजिक ल्याउन सक्नुहुनेछ।

खाना

तपाईं सधैं बेलुकाको खान आफ्नो पार्टनरसँग खाने प्रयास गर्नुहोस्। दिनभर कामको व्यस्तताको कारण एक-अर्कालाई समय दिन सक्नुहुन्न होला तर राति सबै काम सकेर खाना खाने समयमा तपाईं आफ्नो पार्टनरसँग खुसीका केहि क्षण बिताउन सक्नुहुनेछ।

नम्र बोली

यदि तपाईं आफ्नो पार्टनरले आफ्ना भावनाहरूको कदर गरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले पनि उनीहरूसँग नम्र भएर मायाका कुरा गर्नुपर्छ। ठुलो भन्दा ठूलो विवाद पनि राति मायाले कुरा गरेर सुझाउने प्रयास गर्नुहोस्।

विशेष महसुस गराउनुहोस् 

तपाईं आफ्नो पार्टनरलाई विशेष महसुस गराउनुहोस्। उनीहरुलाई भन्नुहोस् कि तपाईं उनीहरूलाई कती माया गर्नुहुन्छ। र यो पनि महसुस गराउनुहोस् कि तपाईंको जीवनमा उनीहरुको कति महत्व छ। राति उनीहरुलाई मनपर्ने केहि कुरा गरेर होस् या मनपर्ने खाना बनाएर, तपाईं उनीहरुलाई विशेष महसुस गराउन सक्नुहुन्छ।

कन्जुसी नगर्नुहोस् 

आइ लाभ यु भन्नको लागि कुनै कन्जुसाई नगर्नुहोस्। जब तपाईंले अनुकूल समय पाउनुहुन्छ तुरुन्त भन्नुहोस्। यो केवल शब्द मात्र होईन तर यसले अर्को व्यक्तिलाई महसुस गराउँछ कि तपाईंले उनीहरूलाई कति माया गर्नुहुन्छ र सम्झनुहुन्छ। यसको लागि तपाईंले राति नै कुर्नु पर्दैन जतिबेला समय मिल्छ भन्नुहोस्।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७२०:०४

किन चाहियो ग्याँस ? ज्वालामुखीको लाभामा पकाउने हो खाना, हेर्नुहोस् भिडियो [भिडियो सहित]