इजिप्टमा फसेको जहाज निकाल्न डोजर चलाइएपछि….संसारभर ट्रोल बन्यो यो तस्विर-[फोटो]!

भूमध्यसागर र रेड सीलाई जोड्ने इजिप्टको स्वेज नहरमा मालवाहक पानिजहाज बालुवामा फसेपछि  जहाजको आवतजावत  ठप्प भएको छ । गत मंगलबारदेखि फसेको जहाज अझै निकाल्न सकिएको छैन ।

कायरो २४ न्यूजको अनुसार ४०० मिटर लामो र ५९ मिटर  ठूलो यो जहाजलाई निकाल्न थुप्रै दिन लाग्न सक्छ। फसेको जहाज तान्नका लागि आठ नाउबाहेक बालुवा निकाल्ने मेसिन पनि काममा जुटेको छ । साथै नेदरल्यान्ड र जापानका विज्ञहरू पनि ल्याइएको छ।  त्यस्तै  अहिले यहाँको एक तस्विर सामाजिक संजालमा  ट्रोल  बनेको छ। जसमा बडेमानको जहाज निकाल्नको लागि एउटा सानो डोजरले काम गरिरहेको देख्न सकिन्छ।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१४:११

भारतमा एकै दिन ५९ हजार बढी सङ्क्रमित भेटिए, यति धेरैको ज्यान गयो !